नेपाल स्टक एक्सचेन्ज नेप्सेमा शुक्रबार ५० अर्बको ऋणपत्र सुचिकृत भएको छ । नेपाल सरकारको तर्फबाट नेपाल राष्ट्र बैंकले निष्काशन गरेको ५० अर्ब बराबरको विकास ऋणपत्र सुचिकृत भएको हो ।
९ वर्षे अवधिको २० अर्ब बराबरको २०८६ 'घ', ७ वर्षे अवधिको १० अर्ब बराबरको २०८४ 'घ' र १० वर्षे अवधिको २० अर्ब बराबरको २०८७ 'घ' विकास ऋणपत्र सुचिकृत भएको हो ।