मिर्मिरे लघुवित्तको लाभांश र वित्तीय विवरणले लगानीकर्ता अलमलमा, यसो भन्छ कम्पनी

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 22, 2020 | 02:18:27 PM मा प्रकाशित

laxmi  sunrise bank

मिर्मिरे लघुवित्तले लाभांश घोषणा गर्दा उल्लेख गरेको चुक्ता पुँजी र वित्तीय विवरणमा प्रकाशित गरेको चुक्ता पुँजी फरक फरक भएपछि लगानीकर्ता अलमलमा परेका छन् 

कम्पनीको कार्तिक २६ गते बसेको संचालक समितिको बैठकले हाल कायम चुक्ता पुँजीको १२ प्रतिशत बोनस र कर प्रयोजनको लागि ०.६३०२३३६६ प्रतिशत नगद लाभांश वितरण गर्ने उल्लेख गरेको छ । कम्पनीले हालको चुक्ता पुँजी ३९ करोड   ६१ लाख ४६ हजार ६ सय ४१ रुपैयाँ ५० पैसा रहेको र त्यस चुक्ता पुँजीको १२ प्रतिशतको दरले हुन आउने ४ करोड ७५ लाख ३७ हजार ६ सय ४६ रुपैयाँ बराबरको बोनस शेयर वितरण गर्ने उल्लेख गरेको छ 

तर कम्पनीले २६ गते नै सार्वजिनक गरेको चालु आर्थिक वर्षको पहिलो त्रैमासको बित्तिय विवरणमा कम्पनीले आफ्नो चुक्ता पुँजी ४० करोड २३ लाख ५२ हजार उल्लेख गरेको छ । यसो हुँदा कम्पनीको वास्तविक चुक्ता पुँजी कुन हो भन्नेमा लगानीकर्ता अलमल परेका छन्  । साथै घोषणा भएको भन्दा कम लाभांश आउने हो कि भन्ने पनि लगानीकर्ताको चिन्ता छ । 

कम्पनीका कम्पनी सचिव तुलसीराम पाठक भने कम्पनीको चुक्ता पुँजी ३९ करोड ६१ लाख नै रहेको र नियामकको स्वीकृति तथा साधारणसभाले पारित गरेपछि लगानीकर्ताले यहि पुँजीको २० प्रतिशतको दरले बोनस पाउने बताउछन् । कल इन एडभान्स र एफपिओबाट प्राप्त हुने रकमलाई पनि पुँजीमा जोडिएकोले चुक्ता पुँजी ४० करोड २३ लाख राखिएको उनले बताए । उनले दोस्रो त्रैमासको वित्तीय विवरण आउँदा यसलाई समायोजन गरेर प्रकाशित गरिने बताए। अहिले भने ३९ करोड ६१ लाख ४६ हजार ६ सय ४१ रुपैयाँ ५० पैसाको १२ प्रतिशतको दरले हुन आउने ४ करोड ७५ लाख ३७ हजार ६ सय ४६ रुपैयाँ बराबरको बोनस शेयर वितरणगरिने उनले बताए। 



Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved