शेयरबजारको कारोबार रकममा फेरी नयाँ रेकर्ड

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 22, 2020 | 03:07:00 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा पहिलो पटक झन्डै ७ अर्बको कारोबार भएको छ। आज आइतबार नेप्सेमा ६ अर्ब ९० करोड ६७ लाख २८ हजार ३ सय १५ रुपैयाँको कारोबार भएको हो। यस अघि बिहिबार नेप्सेमा ६ अर्ब ११ करोडको कारोबार भएकोमा आज सो रेकर्ड तोडिएको हो।

आज कारोबार आएका २०१ कम्पनीको १ करोड ६० लाख ३४ हजार ७ सय १७ कित्ता शेयर खरिद बिक्रिबाट यो रकम बराबरको कारोबार भएको हो । आज नेपाल पुनर्बिमा कम्पनीको सबैभन्दा धेरै ५७ करोड ९१ लाख बराबरको कारोबार भएको छ

आज नेप्से सूचक ४.६९ अंकले बढेर १७८२.६१ को बिन्दुमा पुगेको छ । आज कारोबारमा आएका बैंकिंग, विकास बैंक र अन्य समुह बाहेकका सबै समूहगत सूचक घटेका छन् । 

Share Your Thoughts

Recent News


Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved