आरएमडीसी लघुवित्तको शेयर मूल्य समायोजन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 23, 2020 | 07:58:11 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा आरएमडीसी लघुवित्त RMDC Laghubitta Bittiya Sanstha  को शेयर मूल्य समायोजन भएको छ  । कम्पनीको १५ प्रतिशत बोनसमा मूल्य समायोजन भएको हो  । 

समायोजनपछि कम्पनीको शेयर मूल्य ८६१ कायम भएको छ  । समायोजनअघि कम्पनीको शेयर मूल्य ९९० थियो  । 

कम्पनीले साधारणसभाको लागि मङ्सिर ८ देखि मङ्सिर २२ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेकोले बुक क्लोज संगै मूल्य समायोजन भएको हो । मङ्सिर ७ गतेसम्म कायम शेयरधनीले मात्र साधारणसभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्ने छन् ।  

कम्पनीले मङ्सिर २२ गते सभा आह्वान गरेको छ । कम्पनीले आर्थिक वर्ष ७५/७६ को मुनाफाबाट हाल कायम चुक्ता पुँजीको १५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि समेत ५ प्रतिशत नगद लाभांश गरि कुल २० प्रतिशत लाभांश प्रस्ताव गरेको छ । कम्पनीको साधारणसभाले पारित गरेपछि कम्पनीले प्रस्ताव गरेको लाभांश लगानीकर्तामा वितरण हुने छ । 

हाल कम्पनीको चुक्ता पुँजी ८९ करोड ९३ लाख २३ हजार ४ सय २५ रहेको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved