अपि पावरको साधारणसभा आज, यस्ता छन् प्रस्ताव

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 23, 2020 | 08:16:17 AM मा प्रकाशित

laxmi  sunrise bank

अपि पावर कम्पनी Api Power Company  ले आज मङ्सिर ८ गते एक साथ २ वटा आर्थिक वर्षको साधारणसभा गर्दै छ । कम्पनीले आज १६ औ र १७ औ साधारणसभा गर्न लागेको हो । कम्पनीले जुमको माध्यमबाट भर्चुअल्ली साधारणसभा गर्ने जनाएको छ ।

सभामा कम्पनीले आर्थिक वर्ष ७५/७६ र ७६/७७ को मुनाफाबाट लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्ने छ । कम्पनीले आर्थिक वर्ष ७५/७६ को मुनाफाबाट ५ प्रतिशत बोनश शेयर र आर्थिक वर्ष ७६/७७ को मुनाफाबाट ९ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव गरेको छ । तर यसमा हाल निष्काशन भई रहेको हकप्रदलाई भने गणना नगरिएको कम्पनीले जनाएको छ ।

त्यस्तै कम्पनीले सभामा थप हकप्रद निष्काशन प्रस्ताव पेश गर्ने भएको छ । कम्पनीले आर्थिक वर्ष ७५/७६  र ७६/७७ को बोनस , हाल निष्काशन भईरहेको हकप्रद पश्चात कायम हुने १९२.९७ करोड चुक्तापुंजीको १:०.८५ को दरले हकप्रद निष्काशन गर्नेप्रस्ताव पेश गण लागेको हो । कम्पनीले निर्माण गरिरहेको ४० मेगावाटको माथिल्लो चमेलियाको लागि रकम जुटाउन हकप्रद निशाक्ष्ण गर्न लागेको हो ।

त्यस्तै सभामा कम्पनीमा विदेशी लगानीलाई सहज बनाउन आग्राधिकार शेयरको ब्यबस्था गर्नको लागि नियमावली तथा प्रबन्धपत्रमा संशोधन गर्ने प्रस्ताव पेश हुने छ ।

कम्पनीले १६ औ साधारणसभाको लागि २०७६  चैत्र १ देखि २०७६ चैत ७ गतेसम्म र १७ औ साधारणसभाको लागि मङ्सिर १ देखि साधारणसभाको अघिल्लो दिनसम्म बुक क्लोज गर्ने जनाएको छ । 



Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved