साल्ट ट्रेडिङको लाभांश घोषणा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 23, 2020 | 02:55:26 PM मा प्रकाशित

laxmi  sunrise bank

साल्ट ट्रेडिङ कर्पोरेशन Salt Trading Corporation Limited  ले लाभांश घोषणा गरेको छ । कम्पनीको सोमबार बसेको संचालक  समितिको बैठकले आर्थिक वर्ष ७५/७६को मुनाफाबाट वितरण गर्ने लाभांश प्रस्ताव गर्दै साधारणसभाको मिति तय गरेको हो ।

जस अनुसार कम्पनीले २५ प्रतिशत बोनस र १० प्रतिशत नगद गरि कुल ३५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो। कम्पनीको साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा वितरण हुने छ ।  

कम्पनीले मङ्सिर ३० गते साधारणसभा आह्वान गरेको छ । कम्पनीले साधारणसभा प्रयोजनको लागि मङ्सिर १५ देखि मङ्सिर ३० गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ । मङ्सिर १४ गतेसम्म कायम शेयरधनीले मात्र साधारणसभामा भाग लिन तथा प्रस्तावित लाभांश पाउन सक्ने छन् । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved