नारायणी डेभलपमेन्ट बैंकको बोनस सुचिकृत, शेयर कारोबार फुकुवा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 23, 2020 | 03:31:20 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा नारायणी डेभलपमेन्ट बैंकको बोनस शेयर सुचिकृत भएको छ । आज सोमबार नेप्सेमा कम्पनीको २ लाख १८ हजार ७ सय ४६ कित्ता बोनस शेयर सुचिकृत भएको हो ।

साथै कम्पनीको रोकिएको शेयर कारोबार पनि फुकुवा भएको छ । नेपाल राष्ट्र बैंकले समस्याग्रस्त सुचीमा राखेपछि कम्पनीको शेयर कारोबार रोक्का भएको थियो  

राष्ट्र बैंकले समस्याग्रस्त सुचीबाट हटाएसंगै बैंकले हकप्रद निष्काशन गर्ने तयारी गरेको छ  ।  बैंकले हकप्रद शेयर निष्काशनको माग गर्दै नेपाल धितोपत्र बोर्डमा आवेदन दिईसकेको छ ।

कम्पनीले १:१ को अनुपातमा शतप्रतिशतले हुन आउने ६ करोड ५६ लाख १६ हजार ९ सय रुपैयाँ बराबरको ६ लाख ५६ हजार १ सय ६९ कित्ता हकप्रद शेयर निष्काशन गर्न लागेको हो । हकप्रद निश्काशन पश्चात बैंकको चुक्ता पूँजी १३ करोड १२ लाख पुग्नेछ । बैंकले केही वर्षमै ५० करोड चुक्ता पुजी पुर्याउने योजना बनाएको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved