एनआईसी एशिया बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 24, 2020 | 08:02:12 AM मा प्रकाशित

laxmi  sunrise bank

एनआईसी एशिया बैंक NIC Asia Bank Limited  को लाभांश सुरक्षित गर्ने आज मङ्सिर ९ गते अन्तिम दिन रहेको छ । बैंकले साधारणसभा प्रयोजनको लागि मङ्सिर मङ्सिर १० गतेदेखि २१ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेकोले मङ्सिर ९ गतेसम्म कायम शेयरधनीले मात्र साधारणसभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्ने छन् ।

बैंकले मङ्सिर २१ गते आइतबार बिहान ९ बजेको लागि साधारणसभा आह्वान गरेको छ  । बैंकले आर्थिक बर्ष ७६/७७ बाट १९ प्रतिशत बोनश शेयर र १ प्रतिशत नगद लाभांश गरी कुल २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । बैंकले १९ प्रतिशतले हुन आउने १ अर्ब ८४ करोड ६३ लाख बराबरको बोनस शेयर र १ प्रतिशतले हुन आउने ९ करोड ७२ लाख बराबरको नगद लाभांश गरी कुल १ अर्ब ९४ करोड ३५ लाख लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । 

साधारण सभाले पारित गरेपछि उक्त लाभांश शेयरधनीमा वितरण हुने छ ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved