एनआईसी एशिया बैंकको शेयर मूल्य समायोजन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 25, 2020 | 08:04:59 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा एनआईसी एशिया बैंक NIC Asia Bank Limited  को शेयर मूल्य समायोजन भएको छ  । बैंकको १९ प्रतिशत बोनसमा शेयर मूल्य समायोजन भएको हो  ।

समायोजनपछि बैंकको शेयर मूल्य प्रति कित्ता ५८६ कायम भएको छ  । समायोजना अघिको बैंकको शेयरको अन्तिम मूल्य प्रति कित्ता ६९७ थियो  । 

बैंकले साधारणसभा प्रयोजनको लागि मङ्सिर १० गतेदेखि २१ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेकोले आज मूल्य समायोजन भएको हो  । मङ्सिर ९ गतेसम्म कायम शेयरधनीले मात्र साधारणसभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्ने छन् ।

बैंकले मङ्सिर २१ गते आइतबार बिहान ९ बजेको लागि साधारणसभा आह्वान गरेको छ  । बैंकले आर्थिक बर्ष ७६/७७ बाट १९ प्रतिशत बोनश शेयर र १ प्रतिशत नगद लाभांश गरी कुल २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । बैंकले १९ प्रतिशतले हुन आउने १ अर्ब ८४ करोड ६३ लाख बराबरको बोनस शेयर र १ प्रतिशतले हुन आउने ९ करोड ७२ लाख बराबरको नगद लाभांश गरी कुल १ अर्ब ९४ करोड ३५ लाख लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । 

साधारण सभाले पारित गरेपछि उक्त लाभांश शेयरधनीमा वितरण हुने छ ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved