
बुधबार नेपाल स्टक एक्सचेन्ज नेप्सेको वेबसाइटमा समस्या देखिएको छ । बुधबार कारोबार सुरु बह्येको ४० मिनेटपछि अर्थात् ११:४० पछि डाटा डिस्प्लेको समस्या देखिएको हो ।
वेबसाइटमा ११:४० पछि भएको कारोबारको विवरण हेर्न सकिएको छ । नेप्सेको पुरानो र नयाँ दुवै वेबसाइटमा त्यस समयपछिको कुनै पनि कारोबारको विवरण हेर्न सकिएको छ । कारोबारको विवरण, सूचक लगायत हेर्न नपाउँदा लगानीकर्ता सूचनाबाट बन्चित भएका छन् सहज रुपमा कारोबारको निर्णय लिन सकिरहेका छैनन् ।
उता नेप्सेले भने डाटा डिस्प्लेमा केहि समस्या देखिएको भन्दै समाधानको प्रयास भईरहेको जनाएको छ । नेप्सेका प्रवक्ता मुराहरी पराजुलीले सामान्य अवस्थामा वेबसाइटमा हरेक ३० सेकेण्डमा डाटा अपडेट हुने गरेकोमा अहिले समयस आएर केहि ढिलो अपडेट भईरहेको बताए । उनले डाटा ढिलो अपडेट भईरहेको बताए पनि ११:४० बजेको समयपछि कुनै पनि डाटा अपडेट नै भएको छैन । डाटा डिस्प्लेको समस्या देखिए पनि कारोबार जारी रहेको र समस्या समधानको लागी काम भईरहेको उनको भनाई छ ।
बजार बढिरहेको बेलामा वेबसाइटमा समस्या देखिएपछि लगानीकर्ता भने आक्रोशित भएका छन् ।