कहिले बाँडफाँड हुन्छ माउन्टेन इनर्जी र युनाइटेड इदी मर्दीको आईपिओ ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 25, 2020 | 02:31:42 PM मा प्रकाशित

laxmi  sunrise bank

माउन्टेन इनर्जी नेपाल र युनाइटेड इदी मर्दीले निष्काशन गरेको आईपिओ अर्को साता मात्र बाँडफाँड । यस साता मेरो शेयरमा समस्या आएको र आवेदन भेरिफाई गर्ने कार्यमा समय लागेको भन्दै दुवै कम्पनीले अर्को सातामात्र शेयर बाँडफाँडको तयारी गरेका हुन् 

माउन्टेन इनर्जी 

माउन्टेन इनर्जीले कम्पनीले कार्तिक २६ गतेदेखि सर्वसाधारणलाई आईपिओ निष्काशन बिक्रि खुला गरेको हो । कम्पनीले सर्वसाधारणलाई कुल १९ लाख ६८ हजार २७ कित्ता शेयर निष्काशन गरेको हो । जस मध्ये ३९ हजार ३ सय ६१ कित्ता कम्पनीका कर्मचारीलाई छुट्याईएको छ भने ९८ हजार ४ सय १ कित्ता सामुहिक लगानी कोषहरुको लागि छुट्याईएको छ  । बाँकि रहेको १८ लाख ३० हजार २ सय ६५ कित्ताको लागि सर्वसाधारणले आवेदन दिएका हुन् ।

कम्पनीको बिक्रि प्रबन्धक नबिल इन्भेष्टमेन्टले अझै पनि केहि आवेदन भेरिफाई गर्न बाँकि रहेकोले अर्को सातामात्र आईपिओ बाँडफाँड गर्ने तयारी गरेको हो  । क्यापिटलका अनुसार सोमबार वा मंगलबार मात्र शेयर बाँडफाँड हुने छ  

क्यापिटलका अनुसार हालसम्मको तथ्यांक अनुसार आईपिओमा ६ लाख ७४ हजार ४ सय १६ जनाले आवेदकले १ करोड ३९ लाख ४४ हजार ४ सय १० कित्ताको लागि आवेदन परेको छ ।  जस मध्ये हालसम्म ६ लाख ५२ हजार ८ सय ३७ जनाको आवेदन भेरिफाई भएको क्यापिटलले जनाएको छ । माग भन्दा बढीको लागि आवेदन परेकोले कम्पनीको आईपिओ गोलाप्रथाबाट बाँडफाँड हुने छ ।  

यस हिसाबमा १ लाख ८३ हजार २६ जनाले गोलाप्रथाबाट समान १० कित्ता शेयर र ति मध्ये ५ आवेदकले थप १ कित्ता गरि ११ कित्ता शेयर पाउने देखिन्छ । तर केहि आवेदन अझै भेरिफाई हुन बाँकि रहेकोले यो संख्यामा केहि तलमाथि हुन सक्ने छ । यद्यपि आवेदन दिएका मध्ये ४ लाख ९१ हजार भन्दा बढी आवेदक हात खाली हुने देखिन्छ । 

युनाइटेड इदी मर्दी 

युनाइटेड इदी मर्दीले मङ्सिर ३ गतेदेखि आईपिओ बिक्रि खुला गरेको थियो । कम्पनीले सर्बसाधारणको लागि ८ लाख ७३ हजार ९ सय १० कित्ता शेयर निष्काशन गरेको थियो । जस मध्ये ४३ हजार ६ सय ९६ कित्ता सामुहिक लगानी कोषहरुलाई र १७ हजार ४ सय ७८ कर्मचारीलाई छुट्याईएको थियो । बाँकि रहेको ८ लाख १२ हजार ७ सय ३६ कित्ताको लागि सर्बसाधारणले आवेदन दिएका हुन् । 

युनाइटेड इदी मर्दी एण्ड आर.वि. हाइड्रोपावरले निष्काशन गरेको आईपिओमा अन्तिम  दिनसम्ममा १२ गुणा बढीको आवेदन परेको छ । कम्पनीको आईपिओमा आइतबार बेलुका ४:३० बजे सम्ममा ५ लाख ५७ हजार २ सय ८९ आवेदकबाट १ करोड ६९ हजार कित्ताको लागि आवेदन परेको बिक्रि प्रबन्धक ग्लोबल आईएमई क्यापिटलले जनाएको छ । यो माग भन्दा १२.३८ गुणा बढी हो । 

कम्पनीको आईपिओ गोलाप्रथाबाट ८१ हजार २ सय ७३ जनाले मात्र पाउने भएकोले ४ लाख ७६ हजार बढी आवेदक हात खाली हुने छन् । यद्यपि आवेदकको संख्याको अन्तिम डाटा नआइसकेकोले यो संख्या केहि तलमाथि हुन सक्ने छ । 

बिक्रि प्रबन्धक ग्लोबल आईएमई क्यापिटलका अनुसार आईपिओमा करिब ३-४ हजार दोहोरो आवेदन परेको भेटिएको छ । त्यसलाई छुट्याउन समय लाग्ने भएकोले अर्को साता मात्र आईपिओ बाँडफाँड हुने छ ।  

हाल कम्पनीको चुक्ता पुँजी ३१ करोड ५० लाख छ । आइपिओ बाँडफाँटपछि सो पुँजी ४२ करोड पुग्ने छ । कम्पनीले कास्कीमा ७ मेगावाट अपर मर्दीखोला हाइड्रोपावर आयोजना निर्माण सम्पन्न गरेको छ ।  उक्त आयोजनाले १ वर्षदेखि बिजुली उत्पादन गरिरहेको छ ।  


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved