सिटिजन्स बैंकको शेयर मूल्य समायोजन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 26, 2020 | 08:18:37 AM मा प्रकाशित

nepal oil ltd

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा सिटिजन्स बैंक Citizens Bank International Limited को शेयर मूल्य समायोजन भएको छ  । बैंकको ८ प्रतिशत बोनसमा मूल्य समायोजन भएको हो  । 

समायोजनपछि बैंकको शेयर मूल्य प्रति कित्ता २३२ कायम भएको छ  । समायोजन अघि बैंकको शेयर मूल्य प्रति कित्ता २५१ थियो  । बैंकले साधारणसभा र लाभांश बितरणको लागि आज मङ्सिर ११ गते बुक क्लोज गरे संगै मूल्य समायोजन भएको हो  । बैंकले साधारणसभा प्रयोजनार्थ मङ्सिर ११ गतेको लागि बुक क्लोज मिति तय गरेकोले मङ्सिर १० सम्म कायम सेयरधनीहरुले मात्र बैंकको लाभांश प्राप्त गर्नेछन भने साधारणसभामा भाग लिन पाउनेछन ।

बैंकले मङ्सिर २० गतेको लागि साधारणसभा आह्वान गरेको छ । कोभिड–१९ का कारण पर्न सक्ने सम्भावित असरलाई मध्यनजर गर्दै बैंकले नवीन शैली प्रयोगमा ल्याउँदै डिजिटल प्लाटफर्म मार्फत चौधौं वार्षिक साधारण सभा गर्ने जनाएको छ।

बैंकले गत आर्थिक वर्षको मुनाफाबाट ११ प्रतिशत लाभांश दिने भएको छ । संचालक समितिबाट प्रस्ताव गरे अनुसार ८ प्रतिशत बोनस शेयर र ३ प्रतिशत नगद लाभांश (लाभांश कर समेत) बैंकको वार्षिक साधारण सभाले पारित गरेपछि लगानीकर्तामा बितरण हुने छ ।  

Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved