
अरुण कावेली पावर Arun Kabeli Power को लाभांश सुरक्षित गर्ने आज मङ्सिर ११ गते अन्तिम दिन रहेको छ । कम्पनीले साधारणसभा प्रयोजनको लागि मङ्सिर १२ देखि मङ्सिर २१ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेकोले आज मङ्सिर ११ गतेसम्म कायम शेयरधनीले मात्र साधारणसभामा भाग लिन र लाभांश पाउँन सक्ने छन् ।
कम्पनीले आर्थिक वर्ष ७६/७७ को मुनाफाबाट ५.७१ प्रतिशत बोनस र कर प्रयोजनको लागि ०.२९ प्रतिशत नगद लाभांश गरि कुल ६ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । साधारणसभाले पारित गरेपछि लगानीकर्ताले उक्त लाभांश पाउन सक्ने छन् ।
कम्पनीले मङ्सिर २२ गते साधारणसभा आह्वान गरेको छ ।