कुमारी बैंक सहित ३ कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 29, 2020 | 10:35:34 AM मा प्रकाशित

laxmi sunrise bank

आज मङ्सिर १४ गते ३ वटा कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ । आज कुमारी बैंक, साल्ट ट्रेडिङ कर्पोरेशन र रिडी हाईड्रोको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ । यी ३ वटै कम्पनीले साधारणसभाको लागि मङ्सिर १५ गते बुक्क्लोज गरेकोले यी कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन हो ।

कुमारी बैंक Kumari Bank Limited ले मङ्सिर २९ गते सोमबार बैंक कै रजिस्टर्ड कार्यालय टंगालमा सभा आह्वान गरेको छ । सभामा लाभांश सहितका विभिन्न प्रस्ताव पेश हुने छन् । बैंकले  आर्थिक वर्ष २०७६–७७ मुनाफाबाट  चुक्ता पुँजीको १०.८५ प्रतिशत बोनस शेयर र ३.१५ प्रतिशत नगद लाभांश गरी कुल १४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ  । साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा वितरण हुने छ । 

सभामा संचालक समितिको प्रतिवेदन पेश गरि पारित गर्ने, अन्य वित्तीय विवरण पारित गर्ने, लेखापरीक्षक नियुक्ति गरी निजको पारिश्रमिक पारित गर्ने, प्रबन्धपत्रमा संशोधन गर्ने अख्तियारी संचालक समितिलाई दिने, मर्जर तथा प्राप्ति समबन्धि कार्य गर्ने अख्तियारी संचालक समितिलिई दिने लगायतका प्रस्ताव पेश हुने छन् ।

बैंकले साधारणसभा प्रयोजनको लागि मङ्सिर १५ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । मङ्सिर १४ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्ने छन् । 

त्यस्तै साल्ट ट्रेडिङ कर्पोरेशन Salt Trading Corporation Limited  ले आर्थिक वर्ष ७५/७६को मुनाफाबाट २५ प्रतिशत बोनस र १० प्रतिशत नगद गरि कुल ३५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीको साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा वितरण हुने छ ।  

कम्पनीले मङ्सिर ३० गते साधारणसभा आह्वान गरेको छ । कम्पनीले साधारणसभा प्रयोजनको लागि मङ्सिर १५ देखि मङ्सिर ३० गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ । मङ्सिर १४ गतेसम्म कायम शेयरधनीले मात्र साधारणसभामा भाग लिन तथा प्रस्तावित लाभांश पाउन सक्ने छन् । 

त्यस्तै रिडी हाइड्रोपावर Ridi Hydropower Development Company  ले लगानीकर्तालाई ५ प्रतिशत बोनस शेयर वितरण गर्ने भएको छ । कम्पनीले आर्थिक वर्ष ७६/७७ को मुनाफाबाट चुक्तापुँजीको ५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.२६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

कम्पनीको साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा बितरण हुने छ । कम्पनीले मङ्सिर २६ गते शुक्रबार थापाथली स्थिति आफ्नै कार्यालयमा सभा आह्वान गरेको हो ।

सभामा लाभांश प्रस्ताव सहित संचालक समितिको प्रतिवेदन पारित गर्ने, वित्तीय विवरण पारित गर्ने, लेखापरिक्षक प्रतिवेदन पारित गर्ने, लेखापरिक्षक नियुक्त गर्ने लगायतका प्रस्ताव पेश हुने छन् । त्यस्तै विशेष प्रस्तावमा अधिकृत पुँजीलाई १ अर्ब १० करोडबाट बढाएर १ अर्ब १५ करोड पुर्याउने प्रस्ताव पेश हुने छ । 

कम्पनीले साधारणसभा प्रयोजनको लागि मङ्सिर १५ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । मङ्सिर १४ गतेसम्म कायम शेयाधनीले मात्र साधारणसभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्ने छन् । 

Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved