
नेपालको शेयर बजारले आज आइतबार नयाँ इतिहास रचेको छ । आज शेयर बजार परिसूचक नेप्से हालसम्म कै उच्च विन्दुमा पुगेको छ भने आजको कारोबार रकम पनि हाल सम्म कै उच्च रहेको छ ।
आज नेप्से सूचक ७५.०२ अंकले बढेर १९६८.२७ को बिन्दुमा पुगेको रोकिएको छ । यो नै हालसम्म कै उच्च बिन्दु हो । त्यस्तै आज ९ अर्ब २२ करोड ७३ लाख ४८ हजार ३ सय ४८ रुपैयाँको कारोबार भएको छ। ९ अर्ब बढीको कारोबार भएको यो नै पहिलो पटक हो ।
आज नेपाल पुनर्बिमा कम्पनीको सबै भन्दा धेरै ५१ करोड ७९ लाख बराबरको कारोबार भएको छ । आज कारोबारमा आएका समुहगत सूचक मध्ये होटेल, ट्रेडिङ, निर्जीवन बीमा र उत्पादन समुह बाहेकका सबै सूचक बढेका छन् । आज बैंकिंग समुह ११२.३२ , विकास बैंक समुह १७३.८४, र जीवन बीमा समुह २४५.७५ अंकले बढेको छ ।
आज दर्जन बढी कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।