माउन्टेन इनर्जीको आईपिओ बाँडफाँड मिति तय, ५ जनालाई ११ कित्ता शेयर

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 29, 2020 | 03:36:17 PM मा प्रकाशित

laxmi  sunrise bank

माउन्टेन इनर्जी नेपालले निष्काशन गरेको आईपिओ आगामी बुधबार बाँडफाँड हुने भएको छ । बिक्रि प्रबन्धक नबिल इन्भेस्टमेन्ट बैंकिंगले आज आईपिओको प्रि अलोटमेन्ट भएको र आगामी बुधबार शेयर बाँडफाँड गर्न लागेको जनाएको हो 

 माउन्टेन इनर्जीले कम्पनीले कार्तिक २६ गतेदेखि सर्वसाधारणलाई आईपिओ निष्काशन बिक्रि खुला गरेको हो । कम्पनीले सर्वसाधारणलाई कुल १९ लाख ६८ हजार २७ कित्ता शेयर निष्काशन गरेको हो । जस मध्ये ३९ हजार ३ सय ६१ कित्ता कम्पनीका कर्मचारीलाई छुट्याईएको छ भने ९८ हजार ४ सय १ कित्ता सामुहिक लगानी कोषहरुको लागि छुट्याईएको छ  । बाँकि रहेको १८ लाख ३० हजार २ सय ६५ कित्ताको लागि सर्वसाधारणले आवेदन दिएका हुन् ।

कम्पनीको आईपीओमा ६ लाख ५१ हजार ५ सय ७५ जना योग्य आवेदक रहेको र गोलाप्रथाबाट शेयर बांडफाँड हुने क्यापिटलले जनाएको छ । जस अनुसार १ लाख ८३ हजार २६ जनाले शेयर पाउने छन् । यी मध्ये ५ जनाले ११ कित्ता शेयर पाउने छन् भने बाँकिले १० कित्ता शेयर पाउने छन् । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved