अरुण भ्याली हाइड्रोको लाभांश घोषणा, लाभांशपछि हकप्रद

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 29, 2020 | 04:42:56 PM मा प्रकाशित

laxmi  sunrise bank

अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट Arun Valley Hydropower Development Company  ले लाभांश घोषणा गरेको छ । कम्पनीको आइतबार बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष ७६/७७ को मुनाफाबाट वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो ।

जस अनुसार कम्पनीले ५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.२६३ प्रतिशत नगद लाभांश गरी कुल ५.२६३ प्रतिशत लाबहंश वितरण गर्ने प्रस्ताव गरेको हो । कम्पनीको साधारणसभाले पारित गरेपछि लगानीकर्तामा उक्त लाभांश वितरण हुने छ ।

त्यस्तै कम्पनीले १:१ को अनुपातमा हकप्रद निष्काशन गर्ने प्रस्ताव यस अघि नै पारित गरिसकेकोमा अब पहिलो चरणमा १:०.५ को अनुपातमा ५० प्रतिशत हकप्रद शेयर निष्काशन प्रस्ताव साधारणसभामा लैजाने भएको हो । कम्पनीले काबेली बि १ क्यासकेड आयोजनाको लागि लगानी जुटाउन पहिलो चरणमा ५० प्रतोशत हकप्रद निशाक्ष्ण प्रस्ताव गरेको हो ।

कम्पनीले प्रस्तावित ५ प्रतिशत बोनसपछि कायम हुने चुक्ता पुँजीको ५० प्रतिशत हकप्रद निष्काशन गर्ने प्रस्ताव गरेको हो । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved