अरुण भ्याली हाइड्रोको साधारणसभा आह्वान, यस्ता छन् एजेण्डा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 30, 2020 | 09:18:18 AM मा प्रकाशित

laxmi  sunrise bank

अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट Arun Valley Hydropower Development Company  ले साधारणसभा आह्वान गरेको छ । कम्पनीले पुस ८ गते बुधबार बिहान ११ बजे भर्चुअल माध्यमबाट सभा आह्वान गरेको हो ।

सभामा लाभांश सहितका विभिन्न प्रस्ताव पेश हुने छन् । कम्पनीले आर्थिक वर्ष ७६/७७ को मुनाफाबाट ५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.२६३ प्रतिशत नगद लाभांश गरी कुल ५.२६३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीको साधारणसभाले पारित गरेपछि लगानीकर्तामा उक्त लाभांश वितरण हुने छ ।

त्यस्तै कम्पनीले १:१ को अनुपातमा हकप्रद निष्काशन गर्ने प्रस्ताव यस अघि नै पारित गरिसकेकोमा अब पहिलो चरणमा १:०.५ को अनुपातमा ५० प्रतिशत हकप्रद शेयर निष्काशन प्रस्ताव साधारणसभामा लैजाने भएको हो । कम्पनीले काबेली बि १ क्यासकेड आयोजनाको लागि लगानी जुटाउन पहिलो चरणमा ५० प्रतोशत हकप्रद निष्काशन प्रस्ताव गरेको हो । कम्पनीले प्रस्तावित ५ प्रतिशत बोनसपछि कायम हुने चुक्ता पुँजीको ५० प्रतिशत हकप्रद निष्काशन गर्ने प्रस्ताव गरेको हो । 

कम्पनीले सभामा ९.६ मेगावाटको माथिल्लो काबेली २ आयोजना बनाउनको लागि ऋण लिने प्रस्ताव पनि लैजाने भएको छ । त्यस्तै नयाँ आयोजनामा लगानी गर्ने  संचालक समितिको प्रतिवेदन पारित गर्ने, वित्तीय विवरण पारित गर्ने, लेखापरिक्षक प्रतिवेदन पारित गर्ने, लेखापरीक्षक नियुक्त गरी निजको पारिश्रमिक तोक्ने लगायतका प्रस्ताव सभामा पेश हुने छन् । 

कम्पनीले साधारणसभा प्रयोजनको लागि मङ्सिर २६ देखि पुस २ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ । मङ्सिर २५ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्ने छन् । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved