नागरिक लगानी कोषले गर्यो कामना सेवा विकास बैंकको ऋणपत्रको प्रत्याभूति

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 30, 2020 | 01:32:56 PM मा प्रकाशित

laxmi  sunrise bank

कामना सेवा विकास बैंक Kamana Sewa Bikas Bank Limited  ले ऋणपत्र निष्काशनको प्रत्याभूतकर्ता चयन गरेको छ । बैंकले नागरिक लगानी कोषलाई प्रत्याभूतकर्ता चयन गरेको हो 

ऋणपत्र प्रत्याभूतीकर्ता सम्झौता–पत्रमा कामना सेवा विकास बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेत र नागरिक लगानी कोषको तर्फबाट कार्यकारी निर्देशक रमण नेपालले हस्ताक्षर गरेका छन् । सम्झौता अनुसार कामना सेवा विकास बैंकले निष्काशन गर्ने ऋणपत्र पूर्ण बिक्रि नभएमा बिक्रि नभएको ऋणपत्र नागरिक लगानी कोषले खरिद गर्ने छ । 

यसै साथ नेपाल राष्ट बैंकबाट ‘ख’ वर्गको इजाजत पत्रप्राप्त बैंकहरुमा कामना सेवा ऋणपत्र निष्काशन गर्ने पहिलो विकास बैंक बनेको छ भने नागरिक लगानी कोषले ऋणपत्र प्रत्याभुूती गरेको पनि यो प्रथम पटक हो ।

बैंकले ऋणपत्र निष्काशनको अनुमति माग गर्दै नेपाल धितोपत्र बोर्डमा अवेदन दिइसकेको छ । बैंकले कार्तिक १४ गते बोर्डमा आवेदन दिएको हो । बैंकले १ हजार अंकित दरका १० लाख  कित्ता बराबरको १ अर्ब रकम बराबरको ऋणपत्र निष्काशनको लागि अनुमति माग गरेको हो । जस मध्ये ४० करोड बराबरको ऋणपत्र सर्बसाधारणको लागि निष्काशन हुने छ भने ६० करोड बराबरको ऋणपत्र प्राइभेट प्लेसमेन्ट अन्तर्गत निजि तवरबाट बिक्रि हुने छ । १० वर्षे अवधिको यस ऋणपत्रमा बैंकले ९.५ प्रतिशत ब्याज प्रदान गर्ने जनाएको छ । ऋणपत्र निष्काशनको लागि बैंकले एनआईबिएल एस क्यापिटल बिक्रि प्रबन्धक चयन गरेको छ । 

धितोपत्र बोर्डले अनुमति दिएपछि बैंकले ऋणपत्र निष्काशन गर्ने छ। 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved