एनआईसीको खुलामुखी म्युचुअल फण्डमा आवेदन दिने आज अन्तिम दिन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 01, 2020 | 08:40:02 AM मा प्रकाशित

एनआईसी एसिया क्यापिटल NIC Asia Capital  ले निष्काशन गरेको खुलामुखी सामुहिक लगानी कोष योजनाको इकाईमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । क्यापिटलले मङ्सिर १२ गतेदेखि  ‘एनआइसी एसिया डाईनामिक डेप्ट फण्ड’ को २ करोड इकाईको बिक्रि खुला गरेको हो  ।

क्यापिटलले कोषको आकार ५० करोडको भए पनि प्रारम्भिक आकार २० करोड कायम गरिएको र प्रति इकाई मूल्य १० रुपैयाँको दरले २ करोड इकाई निष्काशन गरिएको जनाएको हो  ।  यद्यपि क्यापिटलले ५ करोड इकाईसम्मको आकार साकारिने जनाएको छ ।

आवेदन दिँदा प्रति इकाई १० रुपैयाँको दरले न्युनतम १०० इकाई र अधिकतम ५० लाख इकाईसम्मको लागि आवेदन दिन सकिने छ । मेरो शेयर र सीआश्वा सदस्य रहेका बैंक तथा वित्तीय संस्थाबाट आवेदन दिन सकिने छ  । 

यस योजनाले बैंक तथा वित्तीय संस्थामा निक्षेप निक्षेपमा १५ प्रतिशत, बण्ड डिबेन्चर, मुद्रा बजार उपकरण माग तथा अल्प सुचनामा प्राप्त हुने रकममा ६५ प्रतिशत र प्रतामिक तथा दोस्रो बजारमा २० प्रतिशत लगानी गर्ने जनाएको छ  ।

'आजको हजार, भोलीको हजारौं हजार हुने खुलामुखी योजना ल्याएका छौं' (अन्तर्वार्ता)

खुलामुखी योजना भएकोले यसको इकाईको कारोबार नेपाल स्टक एक्सचेन्ज नेप्सेमा हुदैन । तर योजना ब्यबस्थापक र कोष प्रबद्र्धक आफै वा अन्य आधिकारिक संस्थाहरुलाई वितरकको रुपमा तोकी खरिद बिक्री हुने ब्यबस्था मिलाइने क्यापिटलले जनाएको छ ।

योजनाले इकाई बिक्रीबाट संकलित रकम योजना व्यवस्थापकले दक्षतापूर्वक सामूहिक लागनी कोष नियमावलीले तोकेको लगानीका क्षेत्रहरु जस्तै धितोपत्र तथा मुद्रा बजारमा लगानी गरी योजनाका लगानीकर्ताहरुलाई उचित प्रतिफल दिने जनाएको छ । साथै खुलामुखी योजनाका सम्बन्धमा सर्वसाधारणहरुमा जनचेतना अभिबृद्धि गरि सर्वसाधारणहरुमा छरिएर बसेको स–सानो रकम समेत संकलन गरि संकलित रकमको माध्यमबाट धितोपत्र तथा मुद्रा बजारको दिगो विकासमा समेत एक संस्थागत लगानीकर्ताको हैसियतमा सहयोग पु¥याई इकाईमा लागनी गर्ने लगानीकर्ताहरुलाई अधिकतम प्रतिफल प्रदान गर्ने उद्देश्य रहेको क्यापिटलले उल्लेख गरेको छ।

योजनाले नेपाल धितोपत्र बोर्डमा दर्ता भएको धितोपत्र, सार्वजनिक निष्कासन भएको धितोपत्र, धितोपत्र बिनिमय बजारमा सूचीकृत संगठित संस्थाहरुको धितोपत्र, नेपाल सरकारलेजारी गरेको वा नेपाल सरकारको जमानत वा पुर्ण सुरक्षित हुने गरी सरकारी स्वामित्व वा नियन्त्रणमा रहेकोकुनै संस्था वा नेपाल राष्ट्र बैंकले जारी गरेको ऋणपत्र, ट्रेजरी विल तथा मुद्रा बजारका अन्य साधनहरु,  बैंक तथा वित्तीय संस्थामा निक्षेप,  मुद्रा बजार उपकरण र  बोर्डले तोकिदिएको अन्य क्षेत्रमा लगानी गर्ने जनाएको छ।

हाल एनआइसी एशिया क्यापिटलले दुईवटा बन्दमुखी योजना “एन आई सी एशिया ग्रोथ फण्ड” र “एनआईसी एशिया ब्यालेन्सड् फण्ड” संचालन गरिरहेको छ । ग्रोथ फण्डले गत वर्षको मुनाफाबाट १२ प्रतिशत र ब्यालेन्सड् फण्डले गत वर्षको मुनाफाबाट ८ प्रतिशत लाभांश वितरण गरेको थियो  । त्यस्तै क्यापिटलले १ अर्ब रुपैयाँ बराबरको "एनआइसी एसिया सेलेक्ट ३०" नामको नयाँ योजनाको लागि अनुमति माग गर्दै बोर्डमा आवेदन दिएको छ । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved