चालु आर्थिक वर्षको पहिलो ४ महिनाको अवधिमा नेपाल स्टक एक्सचेन्ज नेप्सेमा झन्डै ४ अर्बको बोनस शेयर सुचिकृत भएको छ । नेपाल धितोपत्र बोर्डको तथ्यांक अनुसार साउनदेखि कार्तिकसम्मको अवधिमा ३१ कम्पनीका ३ अर्ब ७३ करोड ८६ लाख २६ हजार ८ सय ४५ रुपैयाँ २७ पैसा बराबरको ३ करोड ७३ लाख ८६ हजार २ सय ६८ दशमलव ४५ कित्ता बोनस शेयर बोर्डमा रजिस्टर भई नेप्सेमा सुचिकृत भएको हो ।
१७ लघुवित्त कम्पनी, ५ विकास बैंक, ५ बीमा कम्पनी, २ वाणिज्य बैंक, १ हाइड्रो र १ अन्य समुहको गरि कुल ३१ कम्पनीको बोनस शेयर सुचिकृत भएको छ ।
हेर्नुस कुनको कति ?