युनिक नेपाल लघुवित्तको साधारणसभा आह्वान , शेयर निष्काशन प्रस्ताव पेश हुने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 02, 2020 | 08:51:04 AM मा प्रकाशित

laxmi  sunrise bank

युनिक नेपाल लघुवित्तले साधारणसभा आह्वान गरेको छ  । कम्पनीले पुस १० गते शुक्रबार बाँकेको कोहलपुर ११ स्थिति म्याक्स होटेलमा सभा आह्वान गरेको हो  । 

सभामा सर्बसाधारणको लागि शेयर निष्काशन गर्ने, जारी पुँजी वृद्धि गर्ने, प्रबन्धपत्र र नियमावलीमा आवश्यक संशोधन गर्ने, कल इन एडभान्सलाई हकप्रद शेयरमा रुपान्तरण गर्ने, प्राप्ति वा मर्जरको अख्तियारी संचालक समितिलाई दिने, संचालक समितिका सदस्यको चयन अनुमोदन गर्ने, आर्थिक विवरण तथा लेखापरीक्षक विवरण र अन्य वित्तीय विवरण छलफल गरि पारित गर्ने लगायतका प्रस्ताव पेश हुने छन्  । 

युनिक नेपाल लघुवित्त र नेपाल स्टक एक्सचेन्ज नेप्सेमा सुचिकृत घोडीघोडा लघुवित्त मर्जर प्रक्रियामा रहेका छन् । मर्जरपछि बन्ने कम्पनीको नाम युनिक नेपाल लघुवित्त रहने छ भने कम्पनीको मुख्य कार्यालय हाल युनिक रहेको बाँकेको कोहलपुर मै हुनेछ । मर्जपछि बन्ने कम्पनीको प्रमुख कार्यकारी अधिकृत र संचालकसमिति अध्यक्षमा हाल युनिक कै सीइओ र अध्यक्षले निरन्तरता पाउने छन्। घोडीघोडाका हालका सीइओ मर्ज पछि बन्ने कम्पनीको डेपुटी सीइओ रहने छन्  । कम्पनीले माघ महिना भित्र एकिकृत कारोबार गर्ने गरि तालिका बनाएको जनाएको छ

स्वाप रेसियो भने डिडिए प्रतिवेदनको आधारमा तय गरिने सहमति भएको कम्पनीले जनाएको छ ।  

हाल युनिक नेपालको चुक्ता पूँजी. ६ करोड ३० लाख रहेको छ भने घोडीघोडाको चुक्ता पुँजी २ करोड ७६ लाख २५ हजार रहेको छ  । युनिक नेपालले हालसम्म आईपिओ निष्काशन गरेको छैन  । अब मर्जरपछि बन्ने लघुवित्तले संस्थापक र सर्बसाधारणको शेयर स्वामित्व मिलाउन एफपिओ जारी गर्ने छ  । 

घोडीघोडाको मुख्य कार्यालय कंचनपुरमा रहेको छ भने युनिक नेपालको मुख्य कार्यालय कोहलपुर बाँकेमा रहेको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved