यसरी बाँडफाँड भयो माउन्टेन इनर्जीको आईपिओ, ५ जनाले पाए ११ कित्ता

बिजपाटी सम्बाददाता

बिजपाटी सम्बाददाता

Dec 02, 2020 | 10:44:32 AM मा प्रकाशित

माउन्टेन इनर्जी नेपालले निष्काशन गरेको आईपिओ बाँडफाँड  भएको छ । बिक्रि प्रबन्धक नबिल इन्भेस्टमेन्टले माउन्टेन इनर्जी कार्यालय डिल्लीबजारमा शेयर बाँडफाँड गरेको हो  ।  

कम्पनीको आईपिओमा ६ लाख ५३ हजार २ सय ९१ जना आवेदकले आवेदन दिएकोमा १७ सय १६ जनाको आवेदन रद्द भई योग्य आवेदकको संख्या ६ लाख ५१ हजार ५ सय ७५  रहेको क्यापिटलले जनाएको छ । योग्य आवेदक मध्ये गोलाप्रथाबाट  १ लाख ८३ हजार २६ जनाले शेयर पाएका छन् । यी मध्ये ५ जनाले ११ कित्ता शेयर पाएका छन् भने बाँकिले १० कित्ता शेयर पाएका छन् । २० कित्ता भन्दा बढी आवेदन दिनेलाई दोस्रो गोलाप्रथा गरि ५ जनाले थप १ कित्ता शेयर पाएका हुन्  ।  यस हिसाबमा ४ लाख ६८ हजार ५ सय ४९ जना आवेदक हात खाली भएका छन् । आईपिओको नतिजा केहि समयपछि बिजपाटी डटकममा प्रकशित हुने छ । 

 माउन्टेन इनर्जीले कम्पनीले कार्तिक २६ गतेदेखि सर्वसाधारणलाई आईपिओ निष्काशन बिक्रि खुला गरेको हो । कम्पनीले सर्वसाधारणलाई कुल १९ लाख ६८ हजार २७ कित्ता शेयर निष्काशन गरेको हो । जस मध्ये ३९ हजार ३ सय ६१ कित्ता कम्पनीका कर्मचारीलाई छुट्याईएको थियो भने ९८ हजार ४ सय १ कित्ता सामुहिक लगानी कोषहरुको लागि छुट्याईएको थियो । बाँकि रहेको १८ लाख ३० हजार २ सय ६५ कित्ताको लागि सर्वसाधारणले आवेदन दिएका हुन् । 


कम्पनीको हाल दुई वटा आयोजना संचालनमा छ । कम्पनीको नुवाकोट जिल्लाको सुन्दरादेवी गा.वि.समा ५ मेगावाटको तादी खोला (थप्रेक) जलविद्युत आयोजना छ भने म्याग्दी जिल्लाको नारच्याङ्ग गा.वि.समा ४२ मेगावाटको मिस्ट्रीखोला जलविद्युत आयोजना छ । मिस्ट्री खोला जलविद्युत आयोजनाको कुल अनुमानित लागत प्रति मेगावाट १३ करोड ४३ लाख ४८ हजार र तादी खोला (थप्रेक) जलविद्युत आयोजनाको लागत प्रति मेगावाट १८ करोड ४९ लाख १६ हजार रहेको छ । दुवै जलविद्युत आयोजनाको कुल अनुमानित लागत ६ अर्ब ५६ करोड ७२ लाख १३ हजार रहेको छ  ।

५ मेगावाटको तादी खोला आयोजनाले २०६९ चैत्र १४ गते देखि नै ब्यबसायीक उत्पादन थाली सकेको छ । मिस्ट्री खोला जलविद्युत आयोजनाको निर्माण ९६.१८ प्रतिशत सकिएको छ  । कम्पनीले आईपिओबाट उठेको सम्पूर्ण रकम मिस्ट्री खोला जलविद्युत आयोजनाको निमार्ण तथा कर्जा चुक्ता गर्न प्रयोग गरिने उल्लेख गरेको छ ।  

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved