माउन्टेन इनर्जीको आईपिओ तपाईलाई पर्यो कि परेन ? हेर्नुस नतिजा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 02, 2020 | 02:59:21 PM मा प्रकाशित

laxmi  sunrise bank

माउन्टेन इनर्जी नेपालले निष्काशन गरेको आईपिओ बाँडफाँड  भएको छ । बिक्रि प्रबन्धक नबिल इन्भेस्टमेन्टले माउन्टेन इनर्जी कार्यालय डिल्लीबजारमा शेयर बाँडफाँड गरेको हो  ।  

कम्पनीको आईपिओमा ६ लाख ५३ हजार २ सय ९१ जना आवेदकले आवेदन दिएकोमा १७ सय १६ जनाको आवेदन रद्द भई योग्य आवेदकको संख्या ६ लाख ५१ हजार ५ सय ७५  रहेको क्यापिटलले जनाएको छ । योग्य आवेदक मध्ये गोलाप्रथाबाट  १ लाख ८३ हजार २६ जनाले शेयर पाएका छन् । यी मध्ये ५ जनाले ११ कित्ता शेयर पाएका छन् भने बाँकिले १० कित्ता शेयर पाएका छन् । २० कित्ता भन्दा बढी आवेदन दिनेलाई दोस्रो गोलाप्रथा गरि ५ जनाले थप १ कित्ता शेयर पाएका हुन्  ।  यस हिसाबमा ४ लाख ६८ हजार ५ सय ४९ जना आवेदक हात खाली भएका छन् 

आईपिओको नतिजा बिजपाटी डटकममा प्रकशित भएको छ । नतिजा  हेर्नको लागि बिजपाटी डटकमको मेनु बारमा रहेको IPO RESULT भन्ने अप्सनमा क्लिक गर्नु होस् । त्यसपछि कम्पनीमा  Mountain Energy Nepal Ltd. छनौट गरी आफ्नो डिम्याट नम्बर राखेर आफुलाई कति शेयर परेको हेर्न सकिने छ । शेयर परेको भए आफुलाई परेको शेयर कित्ता देखाउने छ।

रिजल्ट हेर्न यहाँ क्लिक गर्न सक्नुहुन्छ। 

 माउन्टेन इनर्जीले कम्पनीले कार्तिक २६ गतेदेखि सर्वसाधारणलाई आईपिओ निष्काशन बिक्रि खुला गरेको हो । कम्पनीले सर्वसाधारणलाई कुल १९ लाख ६८ हजार २७ कित्ता शेयर निष्काशन गरेको हो । जस मध्ये ३९ हजार ३ सय ६१ कित्ता कम्पनीका कर्मचारीलाई छुट्याईएको थियो भने ९८ हजार ४ सय १ कित्ता सामुहिक लगानी कोषहरुको लागि छुट्याईएको थियो । बाँकि रहेको १८ लाख ३० हजार २ सय ६५ कित्ताको लागि सर्वसाधारणले आवेदन दिएका हुन् । 


कम्पनीको हाल दुई वटा आयोजना संचालनमा छ । कम्पनीको नुवाकोट जिल्लाको सुन्दरादेवी गा.वि.समा ५ मेगावाटको तादी खोला (थप्रेक) जलविद्युत आयोजना छ भने म्याग्दी जिल्लाको नारच्याङ्ग गा.वि.समा ४२ मेगावाटको मिस्ट्रीखोला जलविद्युत आयोजना छ । मिस्ट्री खोला जलविद्युत आयोजनाको कुल अनुमानित लागत प्रति मेगावाट १३ करोड ४३ लाख ४८ हजार र तादी खोला (थप्रेक) जलविद्युत आयोजनाको लागत प्रति मेगावाट १८ करोड ४९ लाख १६ हजार रहेको छ । दुवै जलविद्युत आयोजनाको कुल अनुमानित लागत ६ अर्ब ५६ करोड ७२ लाख १३ हजार रहेको छ  ।

५ मेगावाटको तादी खोला आयोजनाले २०६९ चैत्र १४ गते देखि नै ब्यबसायीक उत्पादन थाली सकेको छ । मिस्ट्री खोला जलविद्युत आयोजनाको निर्माण ९६.१८ प्रतिशत सकिएको छ  । कम्पनीले आईपिओबाट उठेको सम्पूर्ण रकम मिस्ट्री खोला जलविद्युत आयोजनाको निमार्ण तथा कर्जा चुक्ता गर्न प्रयोग गरिने उल्लेख गरेको छ ।  

यो पनि : माउन्टेन इनर्जीले पहिलो वर्षदेखि नै लाभांश दिन्छ: प्रबन्ध निर्देशक शर्मा (भिडियोसहित)

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved