चिलिमे हाइड्रोको साधारणसभा आह्वान , यस्ता छन् एजेण्डा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 03, 2020 | 09:14:59 AM मा प्रकाशित

laxmi  sunrise bank

चिलिमे जलविद्युत कम्पनी Chilime Hydro power Company Limited  ले साधारणसभा आह्वान गरेको छ । कम्पनीले पुस १२ गते कम्पनीको रजिस्टर्ड कार्यालय धुम्बाराहीबाट भर्चुअल माध्यम मार्फत हुने गरि सभा आह्वान गरेको हो । 

कम्पनीको साधारणसभा लाभांश सहितका विभिन्न प्रस्ताव पेश हुने छन् । कम्पनीले आर्थिक वर्ष ७६/७७ को मुनाफाबाट हाल कायम चुक्ता पुँजीको १० प्रतिशत बोनस शेयर र १० प्रतिशत नगद (कर प्रयोजनको लागि समेत) गरि कुल २० प्रतिशत लाभांश वितरण प्रस्ताव गरेको छ  । कम्पनीको साधारणसभाले पारित गरेपछि लगानीकर्तामा उक्त लाभांश वितरण हुने छ ।

त्यस्तै कम्पनीको साधारणसभामा संचालक समितिको प्रतिवेदन उपर छलफल गरि पारित गर्ने, लेखापरीक्षक प्रतिवेदन, वासलात र अन्य वित्तीय विवरण छलफल गरि पारित गर्ने, लेखापरीक्षकको नियुक्त गरी निजको पारिश्रमिक तोक्ने , र कम्पनीको प्रबन्धपत्र र नियमावलीमा आवश्यक संशोधन गर्ने लगायतका प्रस्ताव पेश हुने छन् । 

कम्पनीले साधारणसभा प्रयोजनको लागि मङ्सिर २९ देखि पुस १२ गतेसम्म बुक्क्लोज गर्ने निर्णय गरेको छ । मङ्सिर २८ गतेसम्म कायम शेयरधनीले मात्र साधारणसभामा भाग लिन र प्रस्तावित लाभांश पाउँन सक्ने छन् ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved