नेशनल लाइफको लाभांश परिमार्जन: कुल लाभांश घट्यो, बोनस बढ्यो

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 03, 2020 | 10:24:23 AM मा प्रकाशित

laxmi  sunrise bank

नेशनल लाइफ इन्स्योरेन्स National Life Insurance Company  ले नयाँ लाभांश प्रस्ताव गरेको छ। कम्पनीले यस अघि गरेको लाभांश वितरण प्रस्ताव बीमा समितिले स्वीकृत नगरेपछि कम्पनीले आर्थिक वर्ष ७५/७६ को मुनाफाबाट वितरण गर्ने नयाँ लाभांश प्रस्ताव गरेको हो 

जस अनुसार कम्पनीले १० प्रतिशत बोनस शेयर र ०.५३ प्रतिशत नगद लाभांश गरि कुल १०.५३ प्रतिशत लाभांश वितरणको लागि प्रस्ताव गरेको छ । कम्पनीको उक्त प्रस्ताव बीमा समितिले स्वीकृति दिएपछि र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्तामा बितरण हुने छ । 

यस अघि कम्पनीले २.५ प्रतिशत बोनस शेयर र १५ प्रतिशत नगद लाभांश गरी कुल १७.५ प्रतिशत लाभांश घोषणा गरेको थियो । कम्पनीले कर प्रयोजनको लागि लाग्ने रकमको लागि ०.१३ प्रतिशत रकम नगद लाभांश बाट समायोजन गर्ने प्रस्ताव गरेको थियो । तर बीमा समितिले यो प्रस्ताव अस्वीकृत गरेपछि कम्पनीले लाभांश प्रस्ताव परिमार्जन गरेको हो ।  




Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved