श्री इन्भेस्टमेन्ट एण्ड फाइनान्सको लाभांश घोषणा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 04, 2020 | 10:47:08 AM मा प्रकाशित

laxmi  sunrise bank

श्री इन्भेस्टमेन्ट एण्ड फाइनान्स Shree Investment Finance Company ले लाभांश घोषणा गरेको छ । कम्पनीको बिहीबार बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष ७६/७७ को मुनाफाबाट वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो 

जस अनुसार कम्पनीले हाल कायम चुक्ता पुँजीको ७.३७ प्रतिशतले हुन आउने ६ करोड १० लाख ९९ हजार ८ सय ७९ रुपैयाँ ५० पैसा बराबरको बोनस शेयर र कर प्रयोजनको लागि समेत ३.१६ प्रतिशतले हुन आउने २ करोड ६१ लाख ९७ हजार ५ सय ६ रुपैयाँ बराबरको नगद लाभांश गरि कुल १०.५३ प्रतिशत (८ करोड ७२ लाख ९७ हजार बराबरको )  लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । 

कम्पनीको उक्त प्रस्ताव नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्तामा वितरण हुने छ । हाल कम्पनीको चुक्ता पुँजी ८२ करोड ९० लाख ३५ हजार रहेको छ । 



Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved