सिटिजन्स बैंकको लाभांश पारित

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 06, 2020 | 09:19:35 AM मा प्रकाशित

laxmi  sunrise bank

सिटिजन्स बैंक Citizens Bank International Limited  को लाभांश पारित भएको छ । बैंकको  शनिवार सम्पन्न साधारणसभाले लाभांश सहितका विभिन्न प्रस्ताव पारित गरेको हो ।

साधारणसभाले गत आर्थिक वर्ष २०७६÷७७ को वितरण योग्य मुनाफाबाट ८ प्रतिशतका दरले हुन आउने ७२ करोड ७१ लाख ८५ हजार ३ सय ८३ रुपैयाँ १८ पैसा बराबरको बोनस शेयर वितरण गर्ने र ३ प्रतिशतका दरले हुन आउने २७ करिड २६ लाख ९४ हजार ५ सय १८ रुपैयाँ ६९ बराबरको नगद लाभांश (लाभांश कर समेत) दिने प्रस्ताव सर्वसम्मतिबाट पारित गरेको हो ।

त्यस्तै सभाले आ.व. २०७६÷७७ को संचालक समितिको वार्षिक प्रतिवेदन छलफल गरि पारित गरिएको छ । बैंकको लेखापरीक्षकको प्रतिवेदनसहित २०७७ आषाढ मसान्तको ल्ँच्क् बमोजिम तयार गरिएको वासलात, आ.व. २०७६÷७७ को नाफा नोक्सानीको हिसाव तथा नगद प्रवाह विवरण लगायतका एकीकृत वित्तीय विवरणहरु छलफल गरी स्वीकृत भएको छ । 

बैंकले आर्थिक वर्ष २०७६।७७ सम्ममा ९२ अर्ब ५९ करोड निक्षेप संकलन गरेको छ भने ८१ अर्ब २८ करोड ऋण प्रवाह गरेको छ । बैंकले सोहि अवधि भित्र १ अर्ब ११ करोड खुद मुनाफा आर्जन गरेको छ । बैंकले नेपाल राष्ट्र बैंकबाट “ख” वर्गको इजाजत प्राप्त संस्था तिनाउ मिसन डेभलपमेण्ट बैंक लिमिटेडलाई प्राप्ति गर्ने गरी प्रारम्भिक समझदारी पत्रमा हस्ताक्षर गरि अन्य प्रक्रियागत कार्यहरु अगाडि बढिरहेको समेत जनाएको छ ।

बैंकले १११ वटा शाखा, ९९ वटा ए.टि.एम. र १०४ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट सेवा प्रदान गर्दै आएको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved