मितेरी डेभलपमेन्ट बैंकको लाभांश घोषणा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 06, 2020 | 10:14:35 AM मा प्रकाशित

laxmi  sunrise bank

मितेरी डेभलपमेन्ट बैंक Miteri Development Bank Limited ले  लाभांश घोषणा गरेको छ । कम्पनीको शुक्रबार बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष ७६/७७ को मुनाफाबाट वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो 

जस अनुसार कम्पनीले हाल कायम चुक्ता पुँजीको १५ प्रतिशतको दरले हुन आउने १० करोड ४० लाख ५ हजार ६ सय ८७ रुपैयाँ ५० पैसा  बोनस शेयर र कर प्रयोजनको लागि ०.७९ प्रतिशतले हुन आउने ५४ लाख ७३ हजार ९ सय ८३ रुपैयाँ ५६ पैसा नगद गरि कुल १५.७९  प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । हाल कम्पनीको चुक्ता पुँजी ६९ करोड ३३ लाख ७१ हजार २ सय ५० रहेको छ  

कम्पनीको उक्त प्रस्ताव नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्तामा वितरण हुने छ 



Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved