राष्ट्रबैंकले पुँजीबजारमा खेलवाड गर्न खोजेको भन्दै डेपुटी गभर्नरलाई ज्ञापनपत्र

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 06, 2020 | 11:18:57 AM मा प्रकाशित

laxmi  sunrise bank

४ वटै शेयर लगानीकर्ता संघले शेयर धितो कर्जाको सीमा परिवर्तन नगर्न माग गर्दै नेपाल राष्ट्र बैंकलाई ज्ञापन पत्र बुझाएका छन् । नेपाल इन्भेष्टर फोरम, शेयर लगानीकर्ता संघ नेपाल, नेपाल पुँजीबजार लगानीकर्ता संघ, नेपाल पुँजीबजार संघ र शेयर लगानीकर्ता दबाब समुहले आइतबार नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीलाई ज्ञापन पत्र बुझाएका हुन् ।

इन्भेष्टर फोरमका अध्यक्ष छोटेलाल रौनियार, शेयर लगानीकर्ता संघ नेपालका अध्यक्ष उत्तम अर्याल र उपाध्यक्ष तारा प्रसाद फुल्ल्लेल, नेपाल पुँजीबजार लगानीकर्ता संघकी अध्यक्ष राधा पोख्रेल र शेयर लगानीकर्ता दबाब समुहका अध्यक्ष हरि ढकालले संयुक्त रुपमा डेपुटी गभर्नर शिवाकोटीलाई ज्ञापन पत्र बुझाएका हुन् । 

नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको समीक्षाको बुँदा नं ६८ मा शेयर कर्जा पुनरावलोकन गरिने छ भन्ने वाक्यांश राखेको र यसले लगानीकर्ताहरू अत्यन्त मर्माहत र चिन्तित भएको संघहरुले उल्लेख गरेका छन् । भर्खर कोमाबाट निस्किएर विस्तारै आईसियुमा स्थानान्तरण हुँदै गरेको नेपालको पुँजीबजारलाई मौद्रिक निति लागु भएको ३ महिना पनि नबित्दै मार्जिन कलको सिमा परिवर्तन नहुने लगानीकर्ता संघको माग रहेको छ ।

हाल कायम ७०% (प्रतिशत) मार्जिन कर्जालाई अकस्मात् परिवर्तन गर्न खोज्नु भनेको पुँजीबजारलाई अस्थिर बनाउन राष्ट्र बैंक स्वयं नै लागिपरेको र गलत प्रभावमा परेर हतारको रूपमा गरिएको निर्णयको रूपमा आफुहरुले लिएको संघहरुले जनाएका छन् ।

डेपुटी गभर्नर शिवाकोटीलाई बुझाईएको ज्ञापनपत्रमा भनिएको छ 'विगतमा १८८१ सूचकांक पुग्दा शेयर बजारमा करिव ८० प्रतिशत वाहुल्यता रहेको बैंक तथा वित्तीय संस्थाको शेयरको मुल्य र हालको बजार मुल्य २५ देखि ३० प्रतिशत पनि पुग्न नसकेको अवश्थामा अकस्मात् राष्ट्र बैंकलाई बजारमा हस्तक्षेप गर्नुपर्ने आवश्यकता कसरी पर्न गए होला ? आम लगानीकर्ताहरूको प्रश्न राष्ट्र बैंक संग रहेको छ । नेपालको पुँजीबजारमा वारम्वार मार्जिन कर्जाको सिमालाई तलमाथी पारेर बजारलाई अस्थिर र सोझा साझा लगानीकर्ताहरूको सम्पत्ति माथि धावा बोल्दै बजारमा खेलवाड गर्ने काम कहिं कतै बाट हुनु हुँदैन ।'

संघहरुले नियामक निकायलाई आवश्यक लागेको अवस्थामा सरोकारवाला पक्ष संग पनि छलफल गरी उचित कारण र विश्लेषण सहित परिमार्जन गर्न पनि सकिने तर बिना कारण अकस्मात् २-४ जना व्यक्तिलाई शेयर बजार बढेको भान परेर बहुसंख्यक करिव ३० लाख नागरिक प्रत्यक्ष/अप्रत्यक्ष सहभागि भएको यस क्षेत्रलाई अस्थिर र असन्तुलित बनाउन खोजेको आरोप लगाएका छन् ।

साना साना लगानीकर्ताहरूको भर्खर शेयर बजारमा भएको प्रवेश लाई निरन्तरता दिन,पुँजीबजारको लगानीकर्ताहरूको लगानीको पनि सुरक्षा गर्न हालै मौद्रिक निति मार्फत फेरबदल गर्न प्रयास गरिएको शेयर मार्जिन कर्जाको परिमार्जन सम्बन्धि बुँदा तुरून्त फिर्ता गर्न संघहरुले माग गरेका छन् ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved