आफ्नो कारणले शेयर बजार घटेको आरोप लागेपछि यसो भन्छ राष्ट्र बैंक

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 06, 2020 | 03:17:07 PM मा प्रकाशित

laxmi  sunrise bank

आइतबारको शेयर बजारमा भारी गिरावट आउनुको आरोप नेपाल राष्ट्र बैंक माथि लागेको छ । नेपाल राष्ट्र बैंकले शुक्रबार सार्वजनिक गरेको मौद्रिक नीतिको समीक्षामा शेयर धितो कर्जा पुनरावलोकन हुने विषय समेटेको र सोहि कारण बजार घटेको रुपमा लगानीकर्ताको बुझाई छ । 

तर नेपाल राष्ट्र बैंकले भने बजार घट्नुको आक्षेप राष्ट्र बैंकलाई आउनु पर्ने कारण नरहेको जनाएको छ । नेपाल राष्ट्र बैंकका सहायक प्रवक्ता नारायण प्रसाद पोख्रेलले लगानीकर्ताको सेन्टिमेन्ट एउटा ठाउँमा भए पनि राष्ट्र बैंकले अहिलेसम्म कुनै पनि सर्कुलर ननिकालेकोले बजार घट्नुको आक्षेप राष्ट्र बैंकलाई आउनु पर्ने कारण नरहेको बताएका हुन् । 

मौद्रिक नीतिको समीक्षाले पुनरावलोकन गर्न सक्छ भन्ने कुरा गरेपनि त्यस विषयको कुनै पनि सर्कुलर नआएको र कसरि पुनरावलोकन हुन्छ भन्ने अहिलेसम्म टुंगो नलागिसकेकोले बजार घट्नुको कारण राष्ट्र बैंक नरहेको उनको भनाई छ

उनले भने ' बजार धेरै बढिसकेकोले बिक्रिकर्ता नाफा बुक गर्न आफुले चाहेको मूल्य नपाएपछि केहि घटेर बिक्रि गर्न तयार देखिए, खरिदकर्ता सोहि मूल्यमा खरिद गर्न तयार देखिए, यसकै कारणले बजार घटेको हुनुपर्छ, राष्ट्र बैंकले अहिलेसम्म केहि गरिसकेको अवस्था छैन, आक्षेप लगाउनुको कारण छैन' 

धितोपत्र बोर्डले पनि लगानीकर्तालाई सचेत गराएकोले लगानीकर्ताले त्यसलाई नियामकले बजार अश्वभाविक छ भन्ने संकेत गरेको अर्थमा बुझेर सोहि अनुसारको निर्णय गर्दा बजार घटेको पनि हुन सक्ने उनको भनाई छ। 

उता आइतबार बिहान लगानीकर्ता संघका प्रतिनिधिले डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीलाई भेटेर शेयर मार्जिन कल सम्बन्धि ब्यबस्थालाई पुनरावलोकन नगर्न माग गरेका थिए । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved