
सोमबारको प्रि ओपन सेसनमा शेयर बजार परिसूचक नेप्से २.६५ अंकले घटेको छ । आज प्रि ओपनमा सूचक २.६५ अंकले घटेर १९२९.४७ को बिन्दुमा पुगेको छ ।
प्रि ओपनमा ४३ कम्पनीको १६ हजार १ सय ७४ कित्ता शेयर खरिद बिक्रिबाट १ करोड २७ लाख ६६ हजार रुपैयाँको कारोबार भएको छ । कारोबारमा आएका मध्ये १३ कम्पनीको शेयर मूल्य बढेको छ भने १५ कम्पनीको शेयर मूल्य घटेको छ । त्यस्तै १५ कम्पनीको शेयर मूल्य स्थिर छ ।
प्रि ओपनमा ५ कम्पनीको शेयर मूल्य ५ प्रतिशतले बढेको छ ।