समतासँग मर्जर प्रक्रियामा रहेको घरेलु लघुवित्तको साधारणसभा आह्वान

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 08, 2020 | 08:55:06 AM मा प्रकाशित

laxmi  sunrise bank

समता लघुवित्त Samata Microfinance Bittiya Sanstha Limited  सँग मर्जर प्रक्रियामा रहेको घरेलु लघुवित्तले साधारणसभा आह्वान गरेको छ । लघुवित्तले पुस १४ गते मंगलबार बनेपाको पन्चकन्य ब्यान्क्वेटमा सभा आह्वान गरेको हो।  

सभामा कम्पनीको अध्यक्षको प्रतिवेदन, लेखापरीक्षक प्रतिवेदन, अन्य वित्तीय प्रतिवेदन, लेखापरिक्षक नियुक्ति, निजको पारिश्रमिक निर्धारण, आगामी आर्थिक वर्षको कार्यक्रम पेश गरि पारित गर्ने साधारण प्रस्ताव रहेको छ  ।  

त्यस्तै विशेष प्रस्तावमा समता लघुवित्तसँगको मर्जर सम्बन्धि प्रस्ताव पारित गर्ने, डिडिए रिपोर्ट पारित गर्ने, स्वाप रेसियो पारित गर्ने, मर्जरपछि बन्ने कम्पनी नाम , कार्यालय , ठेगाना, लोगो लगायत पारित गर्ने कार्यसूची छ  ।  साथै लघुवित्तले लघुवित्तले मर्जर समबन्धि सम्पूर्ण आवश्यक कार्य गर्ने जिम्मेवारी संचालक समितिलाई दिने प्रस्ताव सभाबाट पारित गराउदै छ  ।  

२ संस्था बीच गत असार १ मा मर्जर सम्बन्धि सैदान्तिक समझदारी पत्रमा हस्ताक्षर भएको थियो । हाल समताको केन्द्रिय कार्यालय बाराको जितपुर सिमरा उपमहानगरपालिकामा रहेको छ भने घरेलुको केन्द्रीय कार्यालय काभ्रेको बनेपा नगरपालिकामा रहेको छ। मर्जरपछि लघुवित्तको नाम समता घरेलु लघुवित्त हुने छ भने केन्द्रिय कार्यालय काभ्रेको बनेपामा हुने छ। मर्जरपछि यो राष्ट्रिय स्तरको लघुवित्त हुने छ  । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved