नागरिक लगानी कोषले बोर्डलाई पठायो जवाफ, हकप्रद अनुमति 'अन्तिम चरणमा'

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 08, 2020 | 06:10:10 PM मा प्रकाशित

laxmi  sunrise bank

नागरिक लगानी कोष  Citizen Investment Trust  ले हकप्रद निष्काशनको लागि अनुमति प्राप्त गर्नको लागि आवश्यक पर्ने थप विवरणहरु नेपाल धितोपत्र बोर्डमा पठाएको छ । कोषले गत आइतबार बोर्डमा बोर्डले माग गरे अनुसारको थप विवरण पठाएको हो ।

अब कोषले पठाएको विवरण र जवाफलाई बोर्डले रिभ्यु गर्ने छ । रिभ्युको क्रममा सबै प्रक्रिया पुरा गरेको पाईए कोषले हकप्रद निष्काशनको लागि अनुमति पाउने छ । यदि रिभ्युको क्रममा केहि विवरण अपुग भएको पाईए बोर्डले थप विवरण माग गर्न सक्छ । तर बोर्डले भने अनुसारको जवाफ पठाईएको भए कोषले बोर्डबाट हकप्रद निष्काशनको अनुमति पाउने छ ।

कोषले भदौ २२ गते हकप्रद निष्काशनको अनुमति माग गर्दै बोर्डमा आवेदन दिएको थियो । कोषको विवरण अध्ययनपछि बोर्डले थप विवरण माग गर्दै   असोज ५ गते कमेन्ट पठाएको थियो । सोहि कमेन्टको जवाफ कोषले गत आइतबार अर्थात् मङ्सिर २१ मा पठाएको हो । कोषले पठाएको जवाफलाई अहिले बोर्डले रिभ्यु गरिरहेको छ । हकप्रद निष्काशनको अनुमति पाउँन यो अन्तिम चरण हो । कोषको जवाफ र विवरणबाट बोर्ड सन्तुष्ट भए बोर्डले कोषलाई हकप्रद निष्काशन अनुमति दिने छ ।

बोर्डबाट अनुमति पाएपछि कोषले  १ कित्ता शेयर बराबर शुन्य दशमलब आठ दुई आठ चार (१ः०.८२८४) का दरले  एक अर्ब पैतिस करोड बयानब्बे लाख उन्साठ्ठी हजार दुइ सय बराबरको १ करोड ३५ लाख ९२ हजार ५ सय ९२ कित्ता शेयर निष्काशन गर्ने छ । कम्पनीले हकप्रद निष्काशनको लागि आरविवि मर्चेण्ट बैकिङ्ग लिमिटेडलाई बिक्रि प्रबन्धक चयन गरेको छ ।

हकप्रद पश्चात कम्पनीको चुक्ता पुँजी ३ अर्ब पुग्ने छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved