मेरोशेयरको एपमा नयाँ सुविधा थपियो

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 10, 2020 | 08:16:17 AM मा प्रकाशित

laxmi  sunrise bank

सीडीएस एन्ड क्लियरिङ लिमिटेडले मेरोशेयरको एपमा सीआस्वा सेवा थप गरेको छ । सिडीएसले बुधबार राति एपमा सीआस्वा सेवा थप गरेको हो । एपमा सो सेवा थपिएसंगै लगानीकर्ताले एपबाट नै आईपिओमा आवेदन दिन सक्ने छन् ।

सेवा थप गरेपछि मङ्सिर २९ गते बाट खुल्ने प्रभु लाइफ इन्स्योरेन्सको आईपिओमा लगानीकर्ताले एपबाट नै आवेदन दिन सक्ने छन् । हालसम्म एपमा आइपिओमा आवेदन दिने सुविधा थिएन ।  लगानीकर्ताले मेरोशेयरको वेबसाइट बाट आईपिओमा आवेदन दिदै आएका थिए ।  अब भने एपबाट नै आईपिओको लागि आवेदन दिन सकिने भएको हो । 

प्ले स्टोरमा गएर अप अपडेट गरेपछि मात्र एपमा सीआस्वा सेवा थप भएको देखिन्छ ।  सिडीएसले गत भदौ ३१ गते एपको बेटा भर्जन सार्वजनिक गरेको थियो । सिडीएसले मेरोशेयरको वेब भर्जनमा भएका सीआस्वा सेवा बाहेकका सबै सेवा प्रयोग गर्न सकिने गरि एप सार्वजनिक गरेको थियो । अब भने सीआस्वा सेवा पनि थपिएको हो ।  

सिडीएसले हाल यो एप एनड्रोईड प्रयोगकर्ताको लागि मात्र उपलब्ध भएको र निकट भविष्य मै आईओएस प्रयोगकर्ताहरुलाई ल्याईने जनाएको छ । सिडीएसले  एपको डेभलपर विबरणमा सिडिएस एण्ड क्लियरिङ लि. लेखिएको एप मात्र डाउनलोड गर्न  र  कुनै पनि किसिमको एपीके लिंकमा मेरो शेयरको एप अपलोड नगरिएको प्रष्ट पारेको छ । सिडीएसले तल चित्रमा देखाए अनुसारको एप मात्र डाउनलोड आग्रह गरेको हो । 


एप डाउनलोड तथा अपडेट गर्नको लागि यहाँ क्लिक गर्नु होला । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved