सानिमा माई हाइड्रोको साधारणसभा आह्वान

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 10, 2020 | 08:37:13 AM मा प्रकाशित

laxmi  sunrise bank

सानिमा माई हाइड्रो Sanima Mai Hydropower  ले साधारणसभा आह्वान गरेको छ । कम्पनीले पुस २३ गते बिहान ११ बजे काठमाडौँ स्थित अकामा होटेलमा सभा आह्वान गरेको हो ।

कम्पनीको सभामा लाभांश सहितका विभिन्न प्रस्ताव पेश हुने छन् । कम्पनीले हाल कायम चुक्ता पुँजीको १० प्रतिशत बोनस शेयर र ५ प्रतिशत नगद (कर प्रयोजनको लागि समेत) गरि कुल १५ प्रतिशत लाभांश वितरण प्रस्ताव गरेको छ । कम्पनीको साधारणसभाले पारित गरेपछि लगानीकर्तामा उक्त लाभांश वितरण हुने छ ।

सभामा संचालक समितिको प्रतिवेदन पारित गर्ने, लेखापरिक्षक प्रतिवेदन पारित गर्ने, लेखापरिक्षक नियुक्ति गरि निजको पारिश्रमिक तोक्ने, स्वतन्त्र र ब्यबसायिक संचालक नियुक्त गर्ने, १ जना महिला शिअत ४ जना संचालकको निर्वाचन गर्ने, चुक्ता पुँजी वृद्धि हुने भएपछि प्रबन्धपत्र र नियमावलीमा सोहि अनुसार संशोधन गर्ने प्रस्ताव पेश हुने छन् ।

कम्पनीले साधारणसभा प्रयोजनको लागि पुस १३ गते बुक्क्लोज गर्ने निर्णय गरेको छ । पुस १२ गतेसम्म कायम शेयरधनीले मात्र साधारणसभामा भाग लिन र प्रस्तावित लाभांश पाउँन सक्ने छन् । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved