महुली लघुवित्तको ६ लाख कित्ता बढी शेयर सुचिकृत, शेयर कारोबार फुकुवा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 10, 2020 | 02:25:05 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा महुली लघुवित्तको शेयर सुचिकृत भएको छ।  नव किरण लघुवित्तसँगको मर्जर प्रक्रिया सकिई महुली लघुवित्तको नामबाट एकिकित कारोबार सुरु भएपछि कम्पनीको ६ लाख ४२ हजार २ सय कित्ता शेयर सुचिकृत भएको हो  । 

थप शेयर सुचिकृत भएसंगै कम्पनीको शेयर संख्या १८ लाख ६६ हजार २ सय पुगेको छ । शेयर सुचिकृत भएसंगै आइतबारबाट महुली लघुवित्तको शेयर कारोबार खुला हुने छ  ।  

१००:९५ को स्वापमा यी दुई संस्था मर्ज भएका हुन् । मर्जरपछि बन्ने संस्थाको नाम, लोगो, स्लोगन र केन्द्रीय कार्यालय महुली लघुवित्तको हाल कायम रहे बमोजिम को रहेको छ । नव किरणको हालको कार्यालय रहेको धुलिखेललाई ३ नम्बर प्रदेशको कार्यालयको रुपमा राखिएको छ 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved