अरुण भ्याली हाइड्रोको शेयर मूल्य समायोजन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 11, 2020 | 08:36:40 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट Arun Valley Hydropower Development Company  को शेयर मूल्य समायोजन भएको छ । कम्पनीले लाबहंश प्रयोजनको लागि आज बुक क्लोज गरेकोले मूल्य समायोजन भएको हो । 

समायोजनपछि कम्पनीको शेयर मूल्य २३४ रहेको छ । समय्जनपछि कम्पनीको शेयर मूल्य २४६ रहेको थियो । कम्पनीको ५ प्रतिशत बोनसमा मूल्य समायोजन भएको हो ।

कम्पनीले साधारणसभा प्रयोजनको लागि आज मङ्सिर २६ देखि पुस २ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेकोले आज मङ्सिर २५ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्ने छन् । 

कम्पनीले पुस ८ गते बुधबार बिहान ११ बजे भर्चुअल माध्यमबाट सभा आह्वान गरेको हो । सभामा लाभांश सहितका विभिन्न प्रस्ताव पेश हुने छन् । कम्पनीले आर्थिक वर्ष ७६/७७ को मुनाफाबाट ५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.२६३ प्रतिशत नगद लाभांश गरी कुल ५.२६३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीको साधारणसभाले पारित गरेपछि लगानीकर्तामा उक्त लाभांश वितरण हुने छ ।

त्यस्तै कम्पनीले १:१ को अनुपातमा हकप्रद निष्काशन गर्ने प्रस्ताव यस अघि नै पारित गरिसकेकोमा अब पहिलो चरणमा १:०.५ को अनुपातमा ५० प्रतिशत हकप्रद शेयर निष्काशन प्रस्ताव साधारणसभामा लैजाने भएको हो । कम्पनीले काबेली बि १ क्यासकेड आयोजनाको लागि लगानी जुटाउन पहिलो चरणमा ५० प्रतोशत हकप्रद निष्काशन प्रस्ताव गरेको हो । कम्पनीले प्रस्तावित ५ प्रतिशत बोनसपछि कायम हुने चुक्ता पुँजीको ५० प्रतिशत हकप्रद निष्काशन गर्ने प्रस्ताव गरेको हो । 

कम्पनीले सभामा ९.६ मेगावाटको माथिल्लो काबेली २ आयोजना बनाउनको लागि ऋण लिने प्रस्ताव पनि लैजाने भएको छ । त्यस्तै नयाँ आयोजनामा लगानी गर्ने  संचालक समितिको प्रतिवेदन पारित गर्ने, वित्तीय विवरण पारित गर्ने, लेखापरिक्षक प्रतिवेदन पारित गर्ने, लेखापरीक्षक नियुक्त गरी निजको पारिश्रमिक तोक्ने लगायतका प्रस्ताव सभामा पेश हुने छन् । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved