सनराइज बैंकको साधारणसभा आह्वान

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 13, 2020 | 09:49:22 AM मा प्रकाशित

laxmi  sunrise bank

सनराइज बैंक Sunrise Bank Limited  ले साधारणसभा आह्वान गरेको छ ।  बैंकले पुस २४ गते बिहान १० बजे बालुवाटारको आम्रपाली ब्यान्क्वेटमा सभा आह्वान गरेको हो । 

सभामा  लाबहंश सहितका विभिन्न प्रस्ताव पेश हुने छन् ।  बैंकले आर्थिक वर्ष ७६/७७ को मुनाफाबाट  ५.८० प्रतिशत बोनस शेयर र २.४८ प्रतिशत नगद लाभांश गरी कुल ८.२८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । हाल बैंकको चुक्ता पुँजी ८ अर्ब ९६ करोड ७८ लाख रहेको छ । कम्पनीको उक्त प्रस्ताव बैंकको साधारणसभाले पारित गरेपछि साधारणसभामा वितरण हुने छ । 

त्यस्तै बैंकले साधारणसभामा आर्थिक वर्ष ७६/८७७ को वार्षिक प्रतिवेदन छलफल गरि पारित गर्ने, लेखापरिक्षक प्रतिवेदन छलफल गरि पारित गर्ने, लेखापरीक्षक नियुक्ति गर्ने, बैंकको प्रबन्धपत्र र नियमावलीमा आवश्यक संशोधन  गर्ने, संशोधित नियमावली र प्रबन्धपत्रमा कुनै फेरबदल गर्नु परे संचालक समितिलाई आख्तियारी दिने, र बैंक तथा वित्तीय संस्था परिसंघ नेपालको सदस्य लिएवापत भुक्तानी गरिएको १० लाखको सदस्यता नवीकरण शुल्क अनुमोदन गर्ने लगायतका प्रस्ताव पेश हुने छन् । 

बैंकले साधारणसभा प्रयोजनको लागि पुस ७ गते बुक क्लोज गर्ने निर्णय गरेको छ ।  पुस ६ गतेसम्म कायम शेयरधनीले मात्र साधारणसभामा भाग लिन तथा प्रस्तावित लाभांश पाउन सक्ने छन् ।  


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved