आरएसडीसी लघुवित्तको साधारणसभा आह्वान

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 13, 2020 | 11:15:56 AM मा प्रकाशित

laxmi  sunrise bank

आरएसडीसी लघुवित्त RSDC Laghubitta Bittiya Sanstha Limited ले साधारणसभा आह्वान गरेको छ । कम्पनीले पुस २४ गते बुटवलमा साधारणसभा आह्वान गरेको हो 

साधारणसभामा लाभांश सहितका विभिन्न प्रस्ताव पेश हुने छन् । कम्पनीले आर्थिक वर्ष ७६/७७ को मुनाफाबाट  ९ प्रतिशतले हुन आउने बोनस शेयर र ३.६३ प्रतिशतले हुन आउने नगद लाभांश गरि कुल १२.६३ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । साधारणसभाले पारित गरेपछि लगानीकर्तामा बितरण हुने छ । हाल कम्पनीको चुक्ता पुँजी ६७ करोड १५ लाख रहेको छ 

त्यस्तै सभामा आर्थिक वर्ष ७६/८७७ को वार्षिक प्रतिवेदन छलफल गरि पारित गर्ने, लेखापरिक्षक प्रतिवेदन छलफल गरि पारित गर्ने, लेखापरीक्षक नियुक्ति गर्ने, प्रबन्धपत्र र नियमावलीमा आवश्यक संशोधन  गर्ने, संशोधित नियमावली र प्रबन्धपत्रमा कुनै फेरबदल गर्नु परे संचालक समितिलाई आख्तियारी दिने लगायतका प्रस्ताव पेश हुने छन् । 

सभामा मर्जर तथा प्राप्तिको सम्भावनाको अध्ययन गरि आवश्यक प्रक्रिया बढाउने अख्तियारी साचालक समितिलाई दिने प्रस्ताव पेश हुने छ । त्यस्तै सभाले साधारण शेयरधनीको तर्फबाट २ जना संचालकको निर्वाचन समेत गर्ने छ  । 

लघुवित्तले साधारणसभा प्रयोजनको लागि पुस १० गते बुक क्लोज गर्ने निर्णय गरेको छ  । पुस ९ गतेसम्म कायम शेयरधनीले मात्र साधारणसभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्ने छन्। 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved