बैंक अफ काठमाण्डूको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 14, 2020 | 08:13:03 AM मा प्रकाशित

laxmi  sunrise bank

बैंक अफ काठमाण्डू Bank of Kathmandu Limited ले निष्काशन गरेको ऋणपत्रमा आवेदन दिने आज मङ्सिर २९ गते अन्तिम दिन रहेको छ  । बैंकले मङ्सिर २४ गतेदेखि १० वर्षे अवधिको ८.५ प्रतिशत ब्याज प्रदान हुने गरी प्रति कित्ता १ हजार अंकित दरका १ अर्ब ६० करोड बराबरको १६ लाख कित्ता ऋणपत्र निष्काशन गरेको हो 

जस मध्ये ६४ करोड बराबरको ऋणपत्र सर्बसाधारणलाई र ९६ करोड बराबरको ऋणपत्र निजि तबरबाट बिक्रि हुने छ। सर्बसाधारणलाई छुट्याईएको ६४ करोड मध्ये ३२ हजार कित्ता सामुहिक लगानी कोषको लागि छुट्याईएको छ । 

ऋणपत्रमा न्युनतम २५ कित्ता र अधिकतम ३ लाख कित्ताको लागि आवेदन दिन सकिने छ । बैंकको ऋणपत्र निष्काशनको लागि नबिल इन्भेस्टमेन्ट बिक्रि प्रबन्धक रहेको छ।  

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved