एशियन हाइड्रोको साधारणसभा आह्वान, आईपिओ प्रस्ताव पेश हुने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 14, 2020 | 08:35:26 AM मा प्रकाशित

laxmi  sunrise bank

एशियन हाइड्रोपावर लिमिटेडले साधारणसभा आह्व्ना गरेको छ । कम्पनीले पुस २० गते सोमबार ११ बजे कम्पनी कै कार्यालयबाट भर्चुअल रुपमा हुने गरि साधारणसभा आह्वान गरेको हो 

कम्पनीको साधारणसभामा आईपोओ निष्काशन गर्ने प्रस्ताव पेश हुने छ । यस बाहेक सभामा संचालक समितिको अध्यक्षको प्रतिवेदनमा छलफल गरि पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदन उपर छलफल गरि पारित गर्ने, लेखापरीक्षक नियुक्ति गर्ने, संचालक समितिका सदस्यको सेवा सुविधा तथा भत्ता तोक्ने, कम्पनीको नियमावली र प्रबन्धपत्रमा आवश्यक संशोधन गर्ने र थप संशोधन गर्नु परे संचालक समितिलाई अख्तियारी दिने लगायतका प्रस्ताव पेश हुने छन् 

कम्पनीले इलामको जोगमाई खोलामा ६.२ मेगावाटको आयोजना निर्माण गरिरहेको छ । कम्पनीले सन् २०२१ को फेब्रुअरीमा आयोजना सम्पन्न गर्ने लक्ष्य लिएको छ 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved