ईमर्जिङ्ग नेपालले हकप्रद पश्चात आईपिओ निष्काशन गर्ने, साधारणसभा आह्वान

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 14, 2020 | 08:54:06 AM मा प्रकाशित

laxmi  sunrise bank

 ईमर्जिङ्ग नेपाल लिमिटेडले पहिले हकप्रद निष्काशन गरेर आईपिओ निष्काशन गर्ने भएको छ । कम्पनीले हाल कायम चुक्ता पुँजीको १:०.११२ अर्थात् ११.२० प्रतिशत हकप्रद निष्काशन गरेपछि मात्र सर्बसाधारणलाई शेयर निष्काशन गर्ने भएको हो ।

हकप्रद पश्चात कम्पनीले ५ करोड ५५ लाख ६० हजार बराबरको ५ लाख ५५ हजार ६ सय कित्ता आईपिओ निष्काशन गर्न लागेको हो । आईपिओ पश्चात कम्पनीको चुक्ता पुँजी ५५ करोड ५६ लाख पुग्ने छ ।

कम्पनीले यी प्रस्ताव पारित गर्न पुस २४ गते साधारणसभा आह्वान गरेको छ । कम्पनीले आफ्नै कार्यालयमा सभा आह्वान गरेको हो ।  सभामा संचालक समितिको अध्यक्षको प्रतिवेदनमा छलफल गरि पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदन उपर छलफल गरि पारित गर्ने, लेखापरीक्षक नियुक्ति गर्ने, कम्पनीको नियमावली र प्रबन्धपत्रमा आवश्यक संशोधन गर्ने, थप संशोधन गर्नु परे संचालक समितिलाई अख्तियारी दिने लगायतका प्रस्ताव पेश हुने छन् । 

नेपाल सरकारको लगानी समेत रहेको ईमर्जिङ्ग नेपाल लिमिटेड सार्बजनिक – निजी सहकार्य अनुरुप स्थापना भएको कम्पनी हो । यस कम्पनिले केयर रेटिग नेपाल, नेपाल पूर्वाधार विकास बैंक, होटेल एलिस, बिफिन, नेशनल पेट्रोलियम प्रालि लगायतमा लगानी गरेको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved