ग्लोबल आईएमई र एनआईबिएल एस क्यापिटलले मागे नयाँ म्युचुअल फण्ड संचालन अनुमति

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 15, 2020 | 06:37:17 PM मा प्रकाशित

laxmi  sunrise bank

ग्लोबल आईएमई क्यापिटल र एनआईबिएल एस क्यापिटलले नयाँ सामुहिक लगानी कोष संचालनको लागि नेपाल धितोपत्र बोर्डसँग अनुमति माग गरेका छन् । दुवै क्यापिटलले मङ्सिर २४ गते बोर्डमा आवेदन दिएका हुन् ।

ग्लोबल आइएमई क्यापिटलले ग्लोबल आईएमई म्युचुअल फण्ड अन्तर्गत संचालन हुने गरि ग्लोबल आईएमई ब्यालेन्स फण्ड १ निष्काशनको लागि अनुमति माग गरेको हो । यस योजना अन्तर्गत क्यापिटलले प्रति इकाई १० रुपैयाँका दरले  १ अर्ब २० करोड बराबरको  १२ करोड इकाई निष्काशन गर्ने छ ।

त्यस्तै एनआईबिएल एस क्यापिटलले एनआईबिएल म्युचुअल फण्ड अन्तर्गत संचालन हुने गरि एनआईबिएल सम्वृद्धि फण्ड २ निष्काशनको लागि अनुमति माग गरेको हो । यस योजना अन्तर्गत क्यापिटलले प्रति इकाई १० रुपैयाँका दरले  १ अर्ब २० करोड बराबरको  १२ करोड इकाई निष्काशन गर्ने छ ।

बोर्डबाट अनुमति पाएपछि दुवै क्यापिटलले योजनाको इकाई निष्काशन गर्ने छन् ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved