
सिनर्जी पावर डेभलपमेन्ट Synergy Power Development ले लाभांश घोषणा
गरेको छ । कम्पनीको मंगलबार
सम्पन्न संचालक समितिको बैठकले लाभांश प्रस्ताव गरेको छ । कम्पनीले आईपिओ निष्काशन गरेपछि पहिलो
पटक लगानीकर्तालाई लाभांश बितरण गर्ने प्रस्ताव गरेको हो ।
जस अनुसार कम्पनीले २०७७ असारसम्मको खुद
मुनाफाबाट हाल कायम चुक्ता पुँजीको ४.७५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि
०.२५ प्रतिशत नगद गरि कुल ५ प्रतिशत लाभांश वितरणको प्रस्ताव गरेको छ । कम्पनीको आगामी साधारणसभाले पारित
गरेपछि लगानीकर्तामा उक्त लाभांश वितरण हुने छ ।
कम्पनीले लाभांश सहितका प्रस्ताव पारित
गर्न पुस २२ गते बुधबार साधारणसभा आह्वान गरेको छ । कम्पनीले आफ्नै कार्यालयबाट भर्चुअल
माध्यममार्फत सभा संचालन गर्ने जनाएको छ । कम्पनीले एक साथ आर्थिक वर्ष ७४/७५.
७५/७६ र ७६/७७ को सभा आह्वान गरेको हो ।
सभामा लाभांश प्रस्ताव बाहेक उल्लेखित आर्थिक
वर्षको वार्षिक प्रतिवेदन
छलफल गरि पारित गर्ने, लेखापरिक्षक
प्रतिवेदन छलफल गरि पारित गर्ने, लेखापरीक्षक
नियुक्ति गर्ने, प्रबन्धपत्र
र नियमावलीमा आवश्यक संशोधन गर्ने,
संशोधित नियमावली र प्रबन्धपत्रमा कुनै
फेरबदल गर्नु परे संचालक समितिलाई आख्तियारी दिने लगायतका प्रस्ताव पेश हुने छन् ।
त्यस्तै कम्पनीले नयाँ जलविद्युत आयोजनामा लगानी गर्ने प्रस्ताव पनि सभामा लैजाने
भएको छ ।
कम्पनीले साधारणसभा प्रयोजनको लागि पुस
१२ गतेदेखि २२ गतेसम्म बुक क्लोज गर्ने भएको छ । पुस ११ गतेसम्म कायम शेयरधनीले
मात्र साधारणसभामा भाग लिन र प्रस्तावित लाभांश पाउँन सक्ने छन् ।
कम्पनीले हाल दोलखामा १० मेगावाटको सिप्रिन खोला आयोजना संचालन गरिरहेको छ । तर कम्पनीले नयाँ आयोजनामा लगानी गर्ने बिषय साधारणसभाको एजेण्डामा राखेको छ। गत बर्षको मुनाफाबाट बोनस शेयर दिएकोले आउने दिनमा पूँजी बृद्धिगर्दै लैजान खोजेको देखिएको छ। कम्पनीलाई नयाँ आयोजना लगानी गर्न संचित मुनाफाधेरै नभएकोले हकप्रद जारी गर्नु पर्ने अवस्था आउँन सक्छ ।