सानिमा बैंकको ऋणपत्र बिक्रि खुला, कति पाइन्छ ब्याज ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 16, 2020 | 08:22:20 AM मा प्रकाशित

laxmi  sunrise bank

सानिमा बैंक Sanima Bank Limited ले आज पुस १ गतेदेखि ऋणपत्र बिक्रि खुला गरेको छ ।  बैंकले १० वर्षे अवधिको ८.५० प्रतिशत ब्याज प्रदान हुने गरी ४ अर्ब बराबरको प्रति ऋणपत्र १ हजार भुक्तानी गर्नु पर्ने गरि ४० लाख कित्ता ऋणपत्र निष्काशन गरेको हो 

जस मध्ये १ अर्ब ६० करोड बराबरको ऋणपत्र सर्बसाधारणलाई र २ अर्ब ४० करोड बराबरको ऋणपत्र निजि तबरबाट बिक्रि हुने छ। सर्बसाधारणलाई छुट्याईएको ऋणपत्र मध्येबाट ८० हजार कित्ता सामुहिक लगानी कोषलाई छुट्याईएको छ । 

आवेदन दिँदा न्युनतम २५ कित्ता र अधिकतम १६ लाख कित्ताको लागि दिन सकिने छ । ऋणपत्रमा छिटोमा मङ्सिर ५ गतेसम्म र सो अवधिसम्म पुरै ऋणपत्रको लागि आवेदन नपरेमा ढिलोमा पुस १५ गतेसम्म आवेदन दिन सकिने छ ।  ऋणपत्र निष्काशनको लागि एनआईसी एसिया क्यापिटल बिक्रि प्रबन्धक रहेको छ। 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved