छ्याङदी हाइड्रोको लाभांश घोषणा, हकप्रद पनि निष्काशन गर्ने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 16, 2020 | 10:41:14 AM मा प्रकाशित

laxmi  sunrise bank

छ्याङदी हाइड्रो Chhyangdi Hydropower Company  ले लाभांश घोषणा गरेको छ । कम्पनीको मङ्सिर ३० गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष ७६/७७ सम्मको मुनाफाबाट वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो ।

जस अनुसार कम्पनीले ५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.२६ प्रतिशत नगद गरि कुल ५.२६ प्रतिशत लाभांश बितरण गर्ने प्रस्ताव गरेको हो । साधारणसभाले पारित गरेपछि लगानीकर्तामा उक्त लाभांश बितरण हुने छ ।

त्यस्तै कम्पनीले हकप्रद बितरणको प्रस्ताव समेत गरेको छ । कम्पनीले लाभांश वितरण पश्चात कायम चुक्ता पुँजीको ३० प्रतिशत हकप्रद निष्काशन गर्ने प्रस्ताव गरेको हो ।

कम्पनीले पुस २७ गते साधारणसभा आह्वान गरेको छ । सभा प्रयोजनको लागि कम्पनीले पुस १७ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । पुस १६ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन र लाभांश पाउन सक्ने छन् ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved