बरुण हाइड्रोको साधारणसभा आह्वान , हकप्रदलाई निरन्तरता दिने प्रस्ताव

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 17, 2020 | 08:41:00 AM मा प्रकाशित

laxmi  sunrise bank

बरुण हाइड्रोपावर कम्पनी Barun Hydropower Company  ले साधारणसभा आह्वान गरेको छ । कम्पनीले पुस २६ गते बिहान १० बजे अनामनगर स्थित युनियन हाउसमा सभा आह्वान गरेको हो । 

सभामा लाभांशसहितका विभिन्न प्रस्ताव पेश हुने छ । कम्पनीको मङ्सिर २८ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष ७६/७७ को मुनाफाबाट ५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.२६३ नगद गरि कुल ५.२६३ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । साधारणसभाले पारित गरेपछि लगानीकर्तामा उक्त लाभांश वितरण हुने छ 

त्यस्तै सभामा सभामा संचालक समितिका अध्यक्षको प्रतिवेदन उपर छलफल गरि पारित गर्ने, लेखापरीक्षक प्रतिवेदन उपर छलफल गरि पारित गर्ने, लेखापरीक्षक नियुक्त गरि निजको पारिश्रमिक तोक्ने, प्रबन्धकपत्र  र नियमावलीमा आवश्यक संशोधन गर्ने, र थप संशोधन गर्नु परे सो को अख्तियारी संचालक समितिलाई प्रदान गर्ने प्रस्ताव पेश हुने छन् । साथै २०७३ असार २० गते सम्पन्न विशेष साधारणसभाले पारित गरेको १:१ प्रतिशत हकप्रद निष्काशन प्रस्तावलाई पनि निरन्तरता दिने प्रस्ताव सभामा पेश हुने छ 

कम्पनीले साधारणसभा प्रयोजनको लागि पुस १६ गते बुक क्लोज गर्ने निर्णय गरेको छ।  पुस १५ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्ने छन् । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved