नेपाल बैंकको लाभांश घोषणा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 17, 2020 | 10:18:15 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल बैंक Nepal Bank Limited  ले लाभांश घोषणा गरेको छ । बैंकको पुस १ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष ७६/७७ को मुनाफाबाट वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो ।

जस अनुसार बैंकले १२ प्रतिशत बोनस शेयर र ४ प्रतिशत नगद लाभांश गरि कुल १६ प्रतिशत लाभांश वितरणको प्रस्ताव गरेको हो । नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि र बैंकको आगामी साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा वितरण हुने छ ।

हाल बैंकको चुक्ता पुँजी ११ अर्ब २८ करोड २८ लाख २० हजार २ सय रहेको छ  ।



Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved