लाभांश घोषणाबारेको कानुन नै थाहा नपाउने कम्पनी, क्षमा मागेपछि नेप्सेले दियो उन्मुक्ति

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 17, 2020 | 06:08:21 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल स्टक एक्सचेन्ज नेप्सेले बरुण हाइड्रोपावर कम्पनीलाई सचेत गराउदै कम्पनीको रोक्का गरिएको कारोबार फुक्का गरिएको छ । नेप्सेले लाभांशबारेको सूचना समय मै नदिएको भन्दै कम्पनीलाई ३ दिने स्पष्टिकरण सोध्दै कारोबार समेत रोक्का गरेको थियो ।  

कम्पनीले स्पष्टिकरण पेश गरेपछि नेप्सेले कारोबार फुकुवा गरेको हो । जवाफमा कम्पनीले लाभांश बारेको सूचना समयमा नै दिनु पर्ने कानुनी ब्यबस्थाबारे थाहा नभएको उल्लेख गरेको छ । कम्पनीले अब उप्रान्त त्यस्तो कमी कमजोरी नदोहोर्याउने प्रतिबद्दता व्यक्त गर्दै क्षमायाचना समेत गरेको छ ।  स्पष्टिकरण पेश गर्दै क्षमायाचना गरेपछि कारोबार फुकुवा गरिएको नेप्सेले जनाएको छ । त्यस्तै नेप्सेले आगामी दिनमा धितोपत्र सूचीकरण नियमावलीको पूर्णरुपमा अक्षरस पालना गर्न र गराउनको लागि कम्पनीलाई सचेत गराएको छ । 

लाभांश सम्बन्धि निर्णय भएको सोहिदिन वा अघिल्लो दिन कारोबार खुल्नु अगाडी नै नेप्से मार्फत जानकारी गराउनु पर्नेमा कम्पनीले ढिलो जानकारी गराएको भन्दै नेप्सेले स्पष्टिकरण सोधेको थियो । 



Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved